coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्रारम्भिक टोली सार्वजनिक

काठमाडौं– सिंगापुरमा आयोजना हुने आइसिसी ट्वान्टी–२० विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि मंगलबार २५ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य नवनियुक्त प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले टोलीको टुङ्गो लागेको हो।  साउन ६ देखि १२ गतेसम्म सिंगापुरमा हुने प्रतियोगितामा नेपालसहित ५ टोलीले सहभागिता जनाउँदै छन्।

एसिया क्षेत्रको फाइनलमा नेपाल, मलेसिया, सिंगापुर, कतार र कुवेतमध्ये विजेता १ टिम ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको लागि छनोट हुनेछ। घोषणा गरेको प्रारम्भिक टोलीले बिहीबारबाट बन्द प्रशिक्षक थाल्नेछ।

मंगलाबर सार्वजनिक गरेको टोलीमा युवा खेलाडी अमित श्रेष्ठ, कुशल भुर्तेल, नन्दन यादव, शाहब आलमले मौका पाएका छन्। सम्पन्न प्रधानमन्त्री कप (पिएम कप) मा  उत्कृष्ट ब्याट्सम्यान भएका राजु रिजालले स्थान पाउँदा ओपनिङ ब्याट्सम्यान सुनील धमला भने अटाएनन्। २०१६ मा नामिबियासँगको खेलमा डेब्यु गरेका राजुले त्यसपछि मात्र राष्ट्रिय टोलीमा फर्किएका हुन्।

पछिल्लो समय राष्ट्रिय टिममा स्थान बनाउन संघर्ष गर्दै आएका ललित भण्डारीलाई प्रारम्भिक अभ्यासका लागि बोलाइएको छ।

२० देखि २८ जुलाईसम्म सिंगापुरमा आयोजना हुने छनोट खेलमा ५ टोलीले राउन्ड रोबिनको आधारमा खेल्नेछन् । शीर्ष टोली ट्वान्टी–२० ग्लोबल क्वालिफायर्समा स्थान बनाउनेछ। पहिलो खेल कतारसँग साउन ७ मा खेल्ने नेपालले मलेसियासँग साउन ८, कुवेतसँग साउन ११ र सिंगापुरसँग साउन १२ गते खेल्नेछ।

खेलतालिका (आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप छनोट एसिया फाइनल)

नेपालविरुद्ध
मिति          देश
साउन ७      कतार
साउन ८      मलेसिया
साउन ११    कुवेत
साउन १२    सिंगापुर

नेपालको प्रारम्भिक टोली
पारस खड्का (कप्तान), अविनाश बोहरा, अमित श्रेष्ठ, वसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, जितेन्द्रकुमार मुखिया, करण केसी, कुशल भुर्तेल, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, मोहमद आरिफ शेख, नन्दन यादव, पवन सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, साहब आलम, शरद भेषावकर, सोमपाल कामी, सन्दीप जोरा, सुसन भारी।

प्रकाशित: ४ असार २०७६ ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App