coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकालाई क्विन्टन डी ककको भरोसा

लन्डन– दक्षिण अफ्रिकाले जारी विश्वकपमा पाँच खेलमा एक मात्र जित सबैभन्दा कमजोर अफगानिस्तानविरुद्धको निकाल्यो।

ब्याटिङ र बलिङमा आशाअनुरूप प्रदर्शन हुन नसक्दा दक्षिण अफ्रिकाले एकपछि अर्को खराब नतिजा सामना गर्नुपरेको थियो। हालसम्म दक्षिण अफ्रिकाका लागि सबैभन्दा सफल ब्याट्सम्यान हुन, क्विन्टन डी कक। उनले निकै उत्कृष्ट प्रदर्शन गर्न नसके पनि धरमराएको दक्षिण अफ्रिकी टोलीको ब्याटिङलाई सम्हाल्दै आएका छन्।

उनले जारी विश्वकपका पाँच खेलमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक १ सय ८६ रन बनाएका छन्। वेस्ट इन्डिजविरुद्ध डी कक १७ रनमा नटआउट रहँदा खेल वर्षाका कारण हुन सकेन। जारी विश्वकपमा मध्यम प्रदर्शन गरेका डी ककले इङ्ल्यान्डविरुद्ध ६८ रन, बंगलादेशविरुद्ध २३ रन र भारतविरुद्ध १० रन बनाएका छन्। जारी विश्वकपमा जितविहीन अफगानिस्तानमाथि जित निकाल्दा डी ककले ६८ रनको योगदान दिए।

पछिल्ला समय खराब प्रदर्शन गरे पनि उनी क्षमतावान् क्रिकेटर हुन्। २६ वर्षे विकेटकिपर तथा ब्याट्सम्यान डी ककले १ सय ११ एकदिवसीय खेलमा ४ हजार ७ सय ८८ रन बनाइसकेका छन्। जसमा उनको १४ शतक र २३ अर्धशतक पनि समाले छ। पछिल्ला १० खेलमा भने उनले ५९.८८ को औसतले ५ सय ३९ रन बनाएका छन्। त्यसैले डी ककले न्युजिल्यान्डविरुद्धको खेलमा नायक बन्दै आफ्नो टोलीलाई दोस्रो जित दिलाउन सक्नेछन्।

प्रकाशित: ४ असार २०७६ ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App