coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौंबाट गोताखोरको टोली हुम्ला पुग्याे, खाेजीकार्य सुरू हुँदै

तस्बिर: जनक शाही/नागरिक

हुम्ला– कर्णाली नदीमा बोलेरो जीप खसेर बेपत्ता भएकाहरुको खोजी गर्न लक्ष्मण बस्नेतकाे नेतृत्वमा १० जना गाेताखाेरकाे टाेली घटनास्थलमा पुगेका छन्। अहिलेसम्म घटनास्थलबाट क्रममा दुई वटा झोला फेला परेकाे छ। मंगलबार कर्णालीमा खसेको जीपमा सवार यात्रु खोज्ने क्रममा हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको झोला फेला परेको प्रहरीले जनाएको छ। शाहीको झोलासँगै अर्को एउटा झोला पनि भेटिएको उद्दारमा सहभागी प्रहरीको भनाई छ।

उनीहरुको खोजी गर्नका लागि काठमाडौँबाट गोताखारको टोली हुम्ला पुगेकाे हाे। कर्णाली नदीको पानी चिसो र बहाब बढी भएका कारण नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार गर्न नसके पछि काठमाडौँबाट गोताखोरको टोली हुम्ला आएको हो।

गाडी कर्णाली नदीमा खसेर बेपत्ता भएपछि खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीसहितका करिब एक दर्जन व्यक्ति बेपत्ता भएका छन्। जिप खसेको स्थान कर्णाली भन्दा २५ देखि ३० मिटर माथि रहेको छ। जीपमा कति यात्रु थिए भन्ने अझैं यकिन भएको छैन।

प्रकाशित: ४ असार २०७६ ०४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App