संस्कृतिविरुद्ध सामन्तवाद कि साम्यवाद ?

बुधबार, ०४ असार २०७६, ०९ : २१ पुरुषोत्तम दाहाल

सामन्तवादको परिभाषाका जनक को हुन् इतिहासले स्पष्ट किटान गरेको भेटिँदैन। समाजशास्त्रीहरूले समाज विकास क्रमको विवेचना सन्दर्भमा वर्गीकरण गर्दा सामन्ती समाजको नामाकरण गरेका हुन्। खासगरी भौतिकवादी चिन्तक कार्ल माक्र्सको योगदान समाज वर्गीकरणमा र यसको विकास सन्दर्भमा बढी प्रचलित छ। माक्र्सवादी चिन्तन आफैँ कुनै निष्कर्षमा पुगेको छैन। माक्र्सवादी चिन्तनले एकातिर द्वन्द्ववादबाट समाजको विकास र प्रगतिको तर्क गर्छ भने अर्कातिर वर्ग संघर्षद्वारा द्वन्द्व अन्त्य गरी एउटामात्र वर्गको निर्माण र वैज्ञानिक समाजवादको स्थापना गर्ने लक्ष्य राख्छ। वर्गहीन समाजको परिकल्पना आफँै द्वन्द्ववादको सिद्धान्त विपरीत छ भन्ने तथ्य दोहो¥याउनुको कुनै अर्थ छैन।

नेपालमा अहिले सामन्तवाद र सामन्ती सोचको बहस सुरु भएको छ। नेपाल कम्युनिस्ट पार्टीका सदस्य र हालका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सामन्ती संस्कृतिको अवशेष भनेर अत्यन्त हेय शब्दमा नेपालको संस्कृतिको एक अभिन्न अंग गुठी परिपाटीलाई अपमानित गर्ने काम गरेपछि यो शब्दमाथि विमर्श आवश्यक भएको छ। मन्त्रीले अकस्मात् उत्तेजनामा आएर परम्परागत संस्कृतिमाथि यसरी प्रहार गर्नुभयो होला भनेर कसैले पनि पत्याउँदैन। उहाँमा माक्र्सवादी चिन्तनको गहिरो अध्ययन हुनुपर्छ। माक्र्सवाद अध्ययन नगरी उहाँ कम्युनिस्ट पार्टीको सदस्य र मन्त्री बन्नुभएको हो भने भन्नुकेही छैन। माक्र्सवादका विषयमा सामान्य ज्ञानबिना उहाँ त्यति ठूलो पार्टीको केन्द्रीय सदस्यदेखि मन्त्रीको क्षमतामा पुग्नुभएन भन्ने हामी सबैको विश्वास छ।

अहिलेको विवादमा नपर्ने हो भने तत्काल विधेयक सुधार गर्ने र गलत अभिव्यक्ति र अडान लिएबापत समुदायसँग क्षमा माग्ने उदारता सरकारले देखाउनुपर्छ।

हुन त माक्र्सवाद पढेर होइन, पहिले कम्युनिस्ट भएपछि साम्यवादबारे अध्ययन गरिन्छ भनिन्छ। नेपालको कम्युनिस्ट पार्टीका धेरै सदस्य माक्र्सवादी दर्शन अध्ययन गर्नुपहिले नै पार्टीमा आबद्ध भएका हुन्छन्। पार्टीमा जोडिएपछि सकेसम्म अर्को विचार परिवर्तन गर्न सहज हँुदैन। माक्र्सवादसँग अमिल्दा प्रत्येक अवस्था वा विषयलाई सामन्तवाद, पुँजीवाद, दलाल, शोषक अर्धपुँजीवाद, अर्धसामन्तवाद जे-जस्ता विशेषण भिराइदिए पनि हुन्छ। आफ्ना विपक्षीहरूलाई समाप्त गर्न वर्ग खडा गर्ने, त्यो वर्गको विनाशपछि आफैंभित्र स्थापित असहमतहरूको सर्वनाश गर्ने र यो पनि नभएको अवस्थामा खेतमा ठड्याएको बुख्याँचालाई समेत दुश्मनका रूपमा खडा गरी तारो हान्ने प्रचलन साम्यवादको प्रयोगमा देखिन्छ।

अहिले नेपाल कम्युनिस्ट पार्टीका सदस्यहरूमा एकातिर वर्गदुश्मन समाप्त पार्नुपर्छ भन्ने चिन्तन र अर्कातिर लोकतान्त्रिक स्वतन्त्रता र अधिकारले प्रदान गरेको संयन्त्रहरूको उपयोग दोहोरो मनोविज्ञानले काम गरिरहेको देखिन्छ। म यतिखेर नेपालको कम्युनिस्ट आन्दोलनमा जीवन समर्पित गरी अन्तमा माक्र्सवादलाई त्रुटिपूर्ण बताउने र कम्युनिस्ट आन्दोलन परित्याग गर्ने आदरणीय चिन्तक रूपलाल विश्वकर्माको निष्कर्ष यहाँ उल्लेख गर्न उपयुक्त सम्झन्छु। रूपलाल लेख्नुहुन्छ– कम्युनिस्ट आन्दोलन विपरीतहरूको समरूपताको वैज्ञानिक समायोजन र प्रयोग गर्न असफल भयो। भाषा, साहित्य, संस्कृति र पार्टी निर्माण तथा राज्यसत्ता प्राप्ति र सामाजिक परिवर्तनको प्रक्रियामा केवल बल प्रयोग र चौतर्फी संघर्ष भयो जसले गर्दा समग्रतामा वैज्ञानिक जीवपद्धतिको सुरुवात भएन। यसले एकपक्षीय (भौतिक पक्षीय) चिन्तन र प्रशिक्षण चलाएर मानव इतिहास भनेको नै वर्ग संघर्ष हो अर्थात् सुरुदेखि नै निरन्तर वर्ग संघर्ष हुँदै आएको छ भन्दै निरपेक्षरूपमा संघर्षलाई चौतर्फीरूपमा अघि ल्यायो। कम्युनिस्ट आन्दोलन परित्याग गरी आरम्भ नयाँ पार्टी नेपाल दलित श्रमिक मोर्चाको घोषणापत्रमा रूपलाल विश्वकर्माले गर्नुभएको विश्लेषण र दिनुभएको निष्कर्ष वर्तमान सत्ताधारीहरूको चरित्र हुँदै गएको छ। यसबाट फेरि नेपाली जनताले अर्कोपटक सत्ताविरुद्ध संघर्षको बाटोमा अग्रसर हुनैपर्ने देखिँदैछ।

आफ्ना विपक्षीहरूलाई समाप्त गर्न वर्ग खडा गर्ने, त्यो वर्गको विनाशपछि आफँैभित्र स्थापित असहमतहरूको सर्वनाश गर्ने र यो पनि नभएको अवस्थामा खेतमा ठड्याएको बुख्याँचालाई समेत दुश्मनका रूपमा खडा गरी तारो हान्ने प्रचलन साम्यवादको प्रयोगमा देखिन्छ।

सामन्त शब्दको प्रयोग पहिले कुनै भाषामा भयो होला अनुमानमात्र गर्न सकिन्छ। सबैभन्दा प्राचीन भाषा संस्कृतमा सामन्त भन्नाले राजालाई कर उठाएर बुझाउने जमिनदार अथवा शासनको तल्लो तहमा बसेर करिब शासन गर्ने व्यक्ति भन्ने बुझिन्छ। सामन्ततन्त्र, सामन्तवाद, सामन्ती विचार, सामन्तवादी, सामन्तशाही, सामन्ती अनेक शब्दावली छन् प्रयोगमा। तर ती शब्दावलीले कतै पनि संस्कृतिलाई, मानवीय आचरण र संवेदनालाई सामन्तवादी चिन्तन मानेको देखिँदैन। सत्तारुढ दलका विशिष्ट पदाधिकारीहरूलाई गुठी प्रथा र संस्कार सामन्तवादी लाग्छन् भने कुन विचारका आधारमा ? के  प्रगतिशीलताको संकीर्ण परिभाषाको बन्दी बनाएर संस्कृतिलाई सामन्ती चिन्तन भनिएको हो ? माक्र्सवादी भौतिकवादको अपुरो जीवन दर्शन केन्द्रित परिभाषाका आधारमा यसो भनिएको हो ? प्रश्न उठे पनि उत्तरको आवश्यकता छैन।

अहिलेको सत्तारुढ दलको अवस्था ‘हाँसको चाल न बकुल्लाको चाल’ मा चलिरहेको छ। विचारका हिसाबले न लोकतन्त्रवाद न साम्यवाद, विचित्रको अवस्था छ। प्रधानमन्त्रीले भरखरै लोकतन्त्रको उन्नत र विकसित प्रयोग भूमि युरोपका विभिन्न देश पुगेर नेपालमा लोकतन्त्रको विकल्प लोकतन्त्रबाहेक केही पनि छैन भन्नुभयो। उहाँले साम्यवादी सपनाको खेती गर्नेहरूलाई कठोर चुनौती दिने क्रममा धेरै निहुँ खोजे पेरुभियन कम्युनिस्ट पार्टीका नेता गोन्जालोको हविगतमा पु¥याइदिनेसम्मको आक्रामक अभिव्यक्ति दिनुभएको छ। तर यता व्यवहार भने ठीक उल्टो देखिन्छ। सत्ता आरम्भका दिनदेखि नै शक्ति केन्द्रीकरणमा लागेको कम्युनिस्ट नेतृत्वको सरकारले स्वतन्त्रताका पहरेदार संस्थाहरू, मानव अधिकारका रक्षक संस्थाहरू, सांस्कृतिक आचरण व्यवहारहरू सर्वत्र आक्रमण गरिरहेको छ। लोकतन्त्र, सामाजिक न्याय र मानव अधिकारका पक्षमा निरन्तर बहस पेरवी गर्ने युरोपका अनेक लोकतान्त्रिक देशमा पुगेर प्रधानमन्त्रीले व्यक्त गरेका लोकतान्त्रिक विचार र नेपालमा उहाँको सरकारमार्फत भइरहेका अनेक नियन्त्रणकारी कार्यबीच कुनै पनि खालको तालमेल देखिएको छैन। यद्यपि अहिले नेपालमा कम्युनिस्ट शासन प्रणाली छैन तर पनि आन्तरिकरूपमा कम्युनिस्ट शासन प्रणालीलाई लोकतन्त्रमा अनुदित गर्ने प्रयास भने भइरहेको छ।

लेनिनका तत्कालीन अनन्य सहयोगी ट्रटस्कीको एउटा प्रख्यात भनाइ छ कम्युनिस्ट प्रणाली र प्रयोगबारे। उनी भन्छन्– कम्युनिस्ट शासनमा एउटै कम्युनिस्ट पार्टीले सारा देशलाई निलेको हुन्छ, त्यो कम्युनिस्ट पार्टीलाई केन्द्रीय समितिले निल्छ, केन्द्रीय समितिलाई पोलिटब्युरोले निल्छ र पोलिटब्युरोलाई एउटा नेताले निल्छ। अन्ततः एउटा नेता व्यक्तिले नै सिंगो देशलाई निल्छ। ट्रटस्कीको यो भनाइ सिद्धान्ततः नेपालमा स्थापित नभए पनि नेपाल कम्युनिस्ट पार्टीको सरकारले व्यवहारमा भने लागु गर्ने प्रयत्न गरिरहेको छ। एकातिर लोकतन्त्रका मूल्यहरू अर्कातिर एकाधिकारवादी सोच र व्यवहार आजको नेपाली शासकीय राजनीतिको तस्बिर हो।

अहिलेको सत्ता कुहिरोमा हराउन लागेको कागजस्तो भएको छ। निश्चित गति पहिल्याउने सन्दर्भमा ऊ कसैसँग संवाद गर्न आवश्यक सम्झिँदेैन। अहंकार, आडम्बर, धम्की, बलमिच्याइँ जस्ता अस्त्रले सुसज्जित यो सत्ता आफ्नै पार्टीका सदस्यहरूको समेत विश्वास गुमाउँदै गएको अनुभव हुन्छ। गुठीसम्बन्धी प्रस्तुत विधेयकका विषयमा नेपाल कम्युनिस्ट पार्टीका सांसदहरू नै खुलेर विरोधमा उत्रेका छन्। केही नवभारदारहरूका तर्कलाई उपेक्षा गर्ने हो भने सरकार एक्लिँदै गएको देखिन्छ। साम्यवादले परिकल्पना गरेको हुने र नहुने वर्गका बीचमा खडा भएको नवधनाढ्य वर्ग अहिलेको नेपाली कम्युनिस्ट पार्टीको नेतृत्व हो।

नवधनाढ्य वर्गको अवधारणा नव वर्गबाट विकास भएको हो। अर्थात् हुने वर्ग, नहुने वर्ग र नव वर्ग। यो नव वर्गमा कम्युनिस्ट पार्टीका नेताहरू, उनीहरूलाई सहयोग गर्ने माथिल्लो तहका कर्मचारी, व्यवस्थापक र सुरक्षा अधिकृतहरू पर्छन्। साम्यवादी अवधारणाअनुसार शासक वर्ग र शासित वर्गमात्र हुन्छन् तर प्रयोग क्रममा नव वर्गको स्थापना भएको छ र नेपालको आजको शासकीय आर्थिक÷सामाजिक वर्ग भनेको नवधनाढ्य वर्ग नै हो। यो नवधनाढ्य वर्गको चरित्र स्पष्ट नभए पनि यसले अवसरअनुसार आफूलाई ढाल्ने क्षमता राख्छ। विपक्षलाई लखेट्नु परेको अवस्थामा, आफ्नो दबाब यथावत् राख्नुपर्ने अवस्थामा कठोर हुनुर आफैँलाई अप्ठेरो परेको समयमा लचिलो हुने, नहुनेहरू अर्थात् शासितहरूका पक्षमा आफूलाई प्रस्तुत गर्ने पाखण्ड यसको दिनचर्या हुने गर्छ।

गुठी प्रथाको रूप एकप्रकारले साम्यवादले कल्पना गरेको कम्युन जस्तै हो। सामूहिक निर्णय गर्ने, सामूहिकरूपमा काम गर्ने, एकअर्काको दुःखसुखमा साथ सहयोग गर्ने, आफ्ना परम्परा रीतिथितिहरूलाई निरन्तरता दिने अनेक कार्य गुठी प्रथामा हुने गर्छ। नेपालमा धार्मिक÷सांस्कृतिक धरोहरका रूपमा र प्राचीन सांस्कृतिक सम्पदाका रूपमा गुठीको व्यवस्था छ। नेपालका प्रसिद्ध सबै धार्मिक मठमन्दिर, अनेक धार्मिक स्थल, कतिपय गुरुकूल, सबै नै गुठी परम्परामा आधारित छन्। पहिलेका अनेक मानिसले आआफ्नो श्रीसम्पत्तिलाई गुठीमा परिणत गरी सामाजिक, सांस्कृतिक र धार्मिक कार्य गर्दै आएका हुन्। अहिलेका हिसावले कार्यशैली फरक भए पनि प्रतिष्ठान, कोष जस्ता संस्था हुन् गुठी भनेका।

मनारी दाताहरूले स्थापना गरेका र सामूहिक हितका लागि प्रयोगमा आएका हुन् गुठीहरू। जन्म, मृत्यु, चाडपर्व सबैमा गुठीको प्रचलन छ। गुठी कुनै एक जात वा वर्गको मात्र होइन। कतिपयले गुठी प्रथासँग नेवारी समुदायलाई मात्र जोडिरहेका सुनिन्छ। एउटामात्र समुदायलाई जोड्दा यो गुठी विरोधी आन्दोलनलाई कमजोर पार्न सकिने सोच एउटा र अर्को अज्ञानताका कारण नेवारी समुदायमात्र भनिएको हुनुपर्छ। गुठी राजधानीमा मात्र होइन, देशभर छन्। जनकपुरका संस्कृत विद्यालयहरू, जानकी मन्दिरदेखि अरू मठमन्दिर सबै नै गुठीबाट नै चलेका छन्। राजधानीमा समेत रानीपोखरी संस्कृत माध्यमिक विद्यालय, संस्कृत छात्रावास, पशुपतिनाथ मन्दिर आदि हजारौँको संख्यामा गुठी छन्।

पहिले कतिपय समयमा तत्कालीन सरकार आफैँले आर्थिक व्ययभार लिनेगरी गुठीका जग्गा वितरण गर्ने कामसमेत भएका हुन्। त्यही परम्पराका कारण सरकारले अहिले पनि पुराना गुठीमा आश्रित संस्थाहरूलाई सरकारले आर्थिक व्यवस्था गरिरहेको छ। आर्थिक व्ययभार वहन नगर्ने हो भने पुरानो गुठीको सम्पत्ति सरकारले सम्बन्धित संस्थालाई फिर्ता दिनुपर्नेछ। अहिलेको विवादमा नपर्ने हो भने तत्काल विधेयकमा सुधार गर्ने र गलत अभिव्यक्ति र अडानका लागि समुदायसँग क्षमा माग्ने उदारता सरकारले देखाउनुपर्छ।






यसमा तपाईको मत

अन्य समाचार

सामसङको ए२०एस नेपाली बजारमा

सामसङको ए२०एस नेपाली बजारमा

इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्रान्ड सामसङले नयाँ विशेषता भएको  ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ । ...

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जी इलेक्ट्रोनिक्सले अभिनव फ्रन्ड लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गर्दै आएको छ । ...

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवर्दन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर...

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

राउन्ड टेबल नेपालले कदम्बरी एकेडेमी, वीरगन्जका बच्चाको लागि बृहत् लैंगिक समानतासम्बन्धी कार्यशाला आयोजना गरेको छ । ...

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ। ...

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौँ  वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६(११ नोभेम्बर २०१९)मा होटेल क्राउन इम्पेरियल, काठमाडौँमा सम्पन्न गरेको...

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । ...

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

Ncell Footer Ad