coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संविधान संशाेधनका विषयमा काँग्रेस, माओवादी र मधेशी मोर्चाबीच छलफल

फाइल फाेटाे।

काठमाडौं- संविधान संशाेधन,संविधान कार्यान्वयन, तीनवटै निकायकाे  निर्वाचान तथा अख्तियार प्रमुख लाेकमानसिंह कार्कीविरूद्धकाे महाअभियाेग प्रस्तावका विषयमा नेपाली कांग्रेस,माअाेवादी केन्द्र र मधेसी माेर्चाका नेताबीच छलपफल भएकाे छ।

प्रधानमन्त्री पुष्पकमलको आह्वानमा सत्तारुढ दल काँग्रेस–माओवादी केन्द्र र मधेशी मोर्चाका शीर्ष नेतावीच शनिबार मधेसी माेर्चाले उठाउँदै अाएका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेकाे थियाे।  बैठकमा संविधान संशोधन, संविधान कार्यान्वयन, तीन वटै निकायको निर्वाचन, राष्ट्रिय सभामा प्रतिनिधित्व लगायका विषयमा सकारात्मक छलफल भएकाे बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी दिए। प्रधानमन्त्री दाहालले बैठक सकारात्मक भएकाे भन्दै भाेलि दिउँसाे चार बजे पुन बैठक बस्ने जनाए।

संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी माेर्चाले विगतमा ६ महिनाभन्दा लामाे अान्दाेलन गरेकाे थियाे। मधेसी माेर्चाकाे माग सम्बाेधन गर्न भन्दै तत्कालीन केपी अाेली नेतृत्वकाे सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएर माअाेवादीले अाफ्रनाे नेतृत्वमा सरकार गठन गरेकाे थियाे। जसलाइ मधेसी माेर्चाले बाहिरै बसेर समर्थन गरेकाे छ। तर, सरकार गठन भएकाे तीन महिना पूरा हुन लग्दा समेत सरकारले संविधान संशाेधन प्रस्ताव संसदमा दर्ता नगराएकाे भन्दै मधेसी माेर्चाले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिने र छठपछि कडा अान्दाेलन गर्ने चेतावनी दिइरहेका बेला प्रधानमन्त्रीले कांग्रेससहित मधेसी माेर्चाकाे बैठक बाेलाएका हुन्। 

बैठकमा काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्ष नेता र  मोर्चाका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति थियाे ।

प्रकाशित: १३ कार्तिक २०७३ १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App