४ वैशाख २०८१ मंगलबार
समाज

आफ्नै घरको छतबाट खसेर किशोरीको मृत्यु

सर्लाही – आफ्नैै घरको छतबाट खसेर सर्लाही सदरमुकाम मलंगवानिवासी एक किशोरीको मृत्यु भएको छ। लुगा सुकाउने क्रममा अल्झिँँदा मलंगवा नगरपालिका–३ निवासी राकेश गुप्ताकी १६ वर्षीया छोरी सपना गुप्ता मंगलबार छतबाट खसेकी हुन्।

दुइतले घरको छतबाट खसेर गम्भीर घाइते भएकी गुप्ताको सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेकी सपनाको आकस्मिक मृत्युले गुप्ता परिवार शोकमग्न बनेको छ।

प्रकाशित: ४ असार २०७६ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App