coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सवैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्नुपर्छ: महामन्त्री कोइराला

इटहरी–नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले सवै जातजातिलाई स्वीकार्य हुने गरी संविधान संशोधन गरिनु पर्ने बताएका छन्।  उनले मधेसी, दलित, जनजाति, अल्पसंख्यकलगायतका सवै जातिलाई स्वीकार्य हुने गरि संशोधन गर्नुपर्ने बताए। 

‘प्रदेशका बिषयमा भइरहेको विवादलाई टुग्याएर संविधान संशोधन गर्नुपर्छ,’ सुनसरी काँग्रेसद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन शनिबार इनरुवा आएका महामन्त्री कोइरालाले सञ्चारकर्मीसामु भने। उनले प्रदेश संख्या घटाएर वा बढाएर जे गर्दा हुन्छ त्यही आधारमा संविधान सर्वस्वीकार्य बनाउन तीन ठूला दलबीच सहमति हुनु आवश्यक भएको धारण राखे।

‘ठूला दल सहमति भएपछि साना दललाई समेत समेटेर संविधान संसोधन गरिनुपर्छ,’ उनले भने। पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता कोइरालाले संविधान धार्मिक ग्रन्थ जस्तो अकाट्य नहुने भएकाले आवश्यकता अनुसार संशोधन गदैं जान सक्ने बताए । ‘कोही कसैलाई अधिकार पुगेको छैन भने संविधान संशोधन गरेर दिइनुपर्छ,’ उनले भने, ‘संविधान संशोधन गरेर कार्यान्वयन गर्न सवै लाग्नुपर्छ ।’
     

प्रकाशित: १३ कार्तिक २०७३ १२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App