८ वैशाख २०८१ शनिबार
समाज

प्रहरी घेराभित्र विश्वविद्यालयको वाषिकोत्सव

सुर्खेत– स्थापनाकालदेखि नै विवादको घेरामा पर्दै आएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौं वार्षिकोत्सव पनि सुखद् भएन्। वार्षिकोत्सव कार्यक्रममा निजी कलेजको प्रचार गरिएको भन्दै विद्यार्थीहरुले विरोध गरे। मञ्च र दर्शकदीर्घामा राखिएका कुर्सी तोडफोड गरे। विद्यार्थीविनै प्रहरीको घेराभित्र विश्वविद्यालयले वार्षिकोत्सव मनायो।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले पानसमा दीप प्रज्वलन गरेर वार्षिकोत्सवको उद्घाटन गर्ने बेला विद्यार्थीहरुले नारावाजी गरेका थिए। विद्यार्थीहरुले काठमाडौंको निजी कलेजको टिसर्ट वितरण गरेको भन्दै विरोध गरेका थिए।

‘टिर्सटको लोभमा विश्वविद्यालयको गरिमामाथि नै आँच पु¥याउने काम भएपछि हामीले विरोध गरेकाहौं’ अनेरास्ववियुका जिल्ला अध्यक्ष धुपेन्द्र शाहीले भने, ‘विश्वविद्यालयलाई कसैको प्रचार गर्ने थलो बनाउन दिँदैनौं।’ उनले विश्वविद्यालयका पदाधिकारीको लगानी रहेका काठमाडौंका राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेशन कलेजको टिर्सटमार्फत विज्ञापन गर्न खोजिएको आरोप लगाए।
प्रहरीले उद्घाटन कार्यक्रम बिथोलेको भन्दै अनेरास्ववियुका अध्यक्ष शाही, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव अमरजंग शाही, नवीन योगी, राजन विक, न्यूटन ओली, महेन्द्र थापा, सरोज न्यौपाने, गणेश शाही, चित्र सुनार, तिर्सना हमाल, ममता अधिकारीलगायतलाई पक्राउ गरेर बेलुका छोडेको थियो।

वार्षिकोत्सको उद्घाटन गर्दै प्रदेश प्रमुख खनालले चन्दा संकलन गरेर स्थापना गरिएको विश्वविद्यालयले आफ्नो गरिमालाई बचाई राख्नुपर्ने बताए। उनले विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुको विकल्प नभएको बताए।

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले विश्वविद्यालयले गरेका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए।

प्रकाशित: ३ असार २०७६ १६:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App