coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नौ जनाको सामूहिक हत्या नसेलाउँदै पाँचथरमा फेरि युवतीको निर्मम हत्या

सांकेतिक तस्बिर

पाँचथर– पूर्वी पहाडी जिल्ला पाँचथरमा फेरी अर्को निर्मम हत्या घटना भएको छ। जिल्लाको हिलिहाङ गाँउपालिकामा माईक्रोफाईनान्स कम्पनीमा काम गर्ने एक युवतीको हत्या भएको हो।

मंगलबार हिलिहाङ –६ चित्ते भन्ने ठाँउमा एनएमबी माईक्रोफाईनान्स गोपेटार शाखामा काम गर्ने फिल्डको कर्मचारी सुजता तामाङको धारीलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको छ। इलामको माइजोगमाई गाँउपालिका घर भई फिल्ड कर्मचारीको रुपमा कार्यरत युवतीको हत्या भएको हो।

धारीलो हतियार प्रहर भएको तथा भिरबाट झरेको अवस्थामा शव भेटिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले नागरिक न्यूजलाई जानकारी दिए। ‘धारीलो हतियार प्रहर गरेको देखिएको छ। भिरबाट खसाइएको छ। हामिले अनुसन्धान थालेका छौँ’ घटना स्थलबाट डिएसपी कुँवरले भने ‘धारीलो हतियार प्रहार भएको देखिन्छ।’

जिल्लाको मिक्लाजुङ गाँउपालिकाको आरुबोटे भन्ने ठाँउमा नौ जनाको हत्या भएको र सोहि गाँउपालिका– ४ मा किशोरीको हत्या भएको घटना नसेलाउँदै अर्को हत्याको घटना भएको हो। एकपछि अर्को हत्याको घटना भएपछि जनजिवन थप त्रसिद बन्दै गएको छ।

कार्यालयबाट फिल्डमा खटिएको कर्मचारी दिउँसो–४ बजेसम्म सम्पर्कमा नआएपछि खोजी नीति गरेपछि खुल्न आएको प्रहरीले जानकारी दिएको छ। खोजि गर्दा उनको उनको घाटिलगायत विभिन्न ठाँउमा धारीलो हतियार प्रहार भएको प्रहरीले जानकारी दिएको छ। उनको हत्या भएको प्रहरीको आशंका छ। झोला र छाता बाटो र बाटोभन्दा करिब ५० मिटर तल शव भेटिएको प्रहरीले जानकारी दिएको छ। हत्यामा कसको संलग्नताबारे खुल्न सकेको छैन्। यसअघि सोहि गाँउपालिकामा १५ किशोरीको हत्या भएको थियो। हत्याले निक्कै त्रसिद भएका थिए।

प्रकाशित: ३ असार २०७६ १५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App