७ वैशाख २०८१ शुक्रबार
समाज

विमानस्थलबाट गोली र पेस्तोलसहित भारतीय नागरिक पक्राउ

बुटवल– भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट हतियारसहित एक जना भारतीय नागरीक पक्राउ परेका छन्। भारतीय नागरिक उमेश शुक्लालाइ मेडिन चेकोस्लोभााकिया लेखेको एक थान पेस्तोल र १६ राउण्ड गोली सहित प्रहरीले  विमानस्थलबाटै पक्राउ गरेको हो।

५० वर्षीय शुक्लाले सुटकेशमा लुकाइ राखेको पेस्तोल विमानस्थलमा झोला चेकजाँच गर्ने क्रममा फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। शुक्ला दिउसो १ बजेको बुद्ध एयरबाट पोखरा जाँदै थिए। नखनउको कृष्णनगर जिल्ला, मानसनगर थाना, लखनउ ग्रामका शुक्लाको साथमा उनकी श्रीमती, तीन छोरी र एक नातिनीसमेत रहेको प्रहरीले जनाएको छ।

शुक्लाले आफु लखनउ मै एक निजी कम्पनीमा काम कार्यरत रहेको प्रहरीलाई बताएका छन्। भारतीय नागरिक शुक्लालाइ नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले बताए।

प्रकाशित: ३ असार २०७६ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App