अस्पतालमा बिरामी शिशु बढे

मङ्गलबार, ०३ असार २०७६, १६ : ३९ नागरिक

चितवन- गर्मी बढेसँगै यहाँका अस्पताल बिरामी बच्चाले भरिएका छन्। उच्च तापक्रमसँगै सबैभन्दा बढी बच्चा बिरामी भएकाले उपचारका लागि आउने  गरेको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाले जानकारी दिए। उनका अनुसार उच्च ज्वरो, रुघाखोकी, झाडापखाला, घाउ खटिरा, जण्डिसजस्ता समस्या लिएर बच्चा अस्पताल आउने गरेका छन्।

बच्चाको जीउ र अनुहारमा दादुरा, ठेउला, पानीका फोका देखिने गरेको छ। डा बसौलाले एउटै परिवारका छ जनासम्म बच्चा जण्डिसको समस्या लिएर आएको जानकारी दिए। दैनिक १००को  हाराहारीमा बिरामी बहिरङ्ग सेवामा आउने गरेकामा दुई सातायता यो सङ्ख्या १५० नाघेको छ। शिशु वार्डमा रहेका ५०, बालसघन उपचार कक्षका १२, नवजात शिशु वार्डका १२ का साथै श्यया भरिएर क्याबिनमा समेत बच्चा राखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्टसमेत वरिष्ठ बालरोग विशेषज्ञ डा विश्वबन्धु बगालेले बिरामीको सङ्ख्या बढेको बताउँदै उक्त विभागमा विज्ञ चिकित्सक रहेकाले उच्च सतर्कता अपनाई अस्पताल आएका बिरामीको उपचार गर्ने काम भइरहेको बताए। उनले बच्चालाई गर्मीबाट बचाउन घाममा खेल्न नदिई शीतल ठाउँमा राख्न र पानीलगायत पेय पदार्थ खुवाउन  तर  बजारीया तयारी, खाना, सडेगलेको खानेकुरा र पानीपुरी, चटपट र  विषादी प्रयोग गरिएका फलफूल नखुवाउन  सुझाव दिएका छन्। सरकारी अस्पतालसँगै यहाँका दुई मेडिकल कलेज र २० भन्दा बढी निजी अस्पतालमा पनि बिरामी बालबालिकाको सङ्ख्या बढेको छ।

चितवन मेडिकल कलेजका वरिष्ठ बालरोग विशेषज्ञ डा शान्ति रेग्मीले दैनिक ९० को हाराहारीमा बच्चा बिरामी आउने गरेको र बालरोग विभागका १०० वटा श्यया भरिएको जानकारी दिए। उनले बच्चालाई खानपानमा विशेष ख्याल पु-याउन आग्रह गरे। जिल्लामा गर्मी बढेसँगै सोमबारबाट चार दिनका लागि यहाँका शिक्षण संस्था बन्द गरिएको छ।








यसमा तपाईको मत

अन्य समाचार

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

गत वर्ष सार्वजनिक र रिलिज भएको आइफोन टेन आर (XR) अब भारतमा निर्माण हुन थालेको हो । ...

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

Ncell Footer Ad