७ वैशाख २०८१ शुक्रबार
राजनीति

बालकृष्ण खाँणको आरोप : सदनमा प्रतिपक्षी दलको अभिव्यक्ति स्वतन्त्रता कायम भएन

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सदनभित्र प्रतिपक्षी दलको अभिव्यक्ति स्वतन्त्रता कायम हुन नसकेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित भएपछि संघीय संसद भवनमा संचारकर्मीसंग प्रतिक्रिया दिदै उनले प्रतिपक्षी दललाई बोल्न नदिने प्रवृत्ति बढ्दै गएको दाबी गरे। दलको नेताका लागि बोल्न समय माग्दा समय नदिएपछि आफुहरुले अभिव्यक्ति स्वतन्त्रता कायम गर्न सभामुखको ध्यानाकर्षण गराएको स्पष्ट पारे।

उनले भने “सदन भित्र अभिव्यक्ति स्वतन्त्रता कायम हुनुपर्यो । दलको नेताले सदनमा बोल्ने कार्यक्रम राखेको थियो। सभामुखले बोल्ने समय उपलब्ध गराउनु भएन। जबरजस्ती हामीले बोल्छु भन्दा भन्दै माननिय प्रधानमन्त्रीलाई बोलाउनुभयो। दलका नेताले बोलेपछि प्रधानमन्त्रीले बोलेको भए सुल्टो  पनि हुन्थ्यो। हाम्रो त्यसमा सहमति थिएन र विरोध गर्यौ।”

उनले भने “खराबप्रवृत्ति विरुद्ध उभिएको हो। अपोजिसनलाई जवरजस्ती बोल्न नदिने मनसुवा, खराब ध्येय भयो। त्यही खराब ध्येयका विरुद्ध हामी उभिनुपर्यो। ”

प्रकाशित: ३ असार २०७६ ०९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App