कांग्रेसको अवरोधबारे निधार खुम्च्याएर सोचौं : नेम्वाङ

मङ्गलबार, ०३ असार २०७६, १४ : ४३ नागरिक

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले संसदको कार्यसूचि विपरित गएर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएको बताएका छन्।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्नका लागि रोष्टममा उभिनु भएका प्रधानमन्त्री ओलीलाई बोल्न नदिएपछि उपनेता नेम्वाङले काँग्रेसको सो गतिविधि संसदको कार्यसूचि विपरित रहेको प्रतिक्रिया दिएका हुन्।

उनले संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ संसदीय परिपाटीमा संसदको नेता, सत्तापक्षका नेता, प्रधानमन्त्रीलाई बोल्नका लागि समय उपलब्ध हुने उल्लेख गर्दै तर बोल्नका लागि रोष्टममा पुग्नु भएका प्रधानमन्त्रीलाई बोल्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरे। पूर्व सभामुख समेत रहेका नेम्वाङले प्रधानमन्त्रीलाई बोल्न नदिइएको सो विषयमा निधार खुम्च्याएर सोच्न पनि आग्रह गरे। 'हाम्रो संसदीय प्रणाली अनुसार प्रधानमन्त्रीले बोल्नका लागि समय माग गर्नु भएको हो, सभामुखले उहाँलाई बोल्नका लागि समय दिनु भएको हो, समय दिइए अनुसार रोष्टममा बोल्न जाँदा उहाँले बोल्न पाउनु भएन,’ उपनेता नेम्वाङले भनाई थियो, यसलाई लिएर म अरु टिप्पनी गर्न चाहान्न, यस बारे सबैले निधार खुम्च्याएर सोचौं।’

उपनेता नेम्वाङले संसदीय परिपाटीमा संसदमा बोल्न समय माग गरेपछि प्रधानमन्त्रीलाई बोल्न समय उपलब्ध हुने र त्यसपछाडि मात्रै प्रतिपक्ष दलका नेताले बोल्न पाउने पनि बताए।

 

 





यसमा तपाईको मत

अन्य समाचार

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हरेक मानिसको फिंगरप्रिन्ट बेग्ला बेग्लै भएजस्तै कुकुरको पनि नाकको छाप बेग्ला बेग्लै हुनेगर्दछ । ...

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा शैक्षिक मेला सम्पन्न भएको छ। इक्यान शैक्षिक मेलाको १३ औ संस्करणलाई साठी...

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

सिप्रदी ट्रेडिङ्ग प्रा. लि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ। ...

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो। ...

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना संचालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले...

Ncell Footer Ad