८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीले पाँच बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौं- संसदमा बोल्न रोस्टममा पुगेको समयमा कांग्रेस सांसदले अवरोध गरेपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दैछन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार साँझ ५ बजे सिंहदरवारमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीले आफ्नो धारणा राख्न लागेका हुन्।

आजको संसद बैठकको सुरुमै प्रधानमन्त्री बोल्ने कार्यसूची रहेको थियो। युरोप भ्रमण, विधेयकहरुमा देखिएको विवाद विषयमा उनले बोल्ने तयारी गरेका थिए। तर सुरुमा प्रतिपक्षी दलको नेताले बोल्न पाउनु पर्ने भन्दै कांग्रेसले विरोध गरेपछि प्रधानमन्त्री रोस्टमबाट फर्केका थिए।

प्रकाशित: ३ असार २०७६ ०८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App