८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

आरएसएसले महिलाको नेतृत्व विकास गर्ने

दिल्ली - भारतीय राजनीतिमा अत्यन्तै प्रभाव पार्ने राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले युटुब च्यानल मार्फत ‘ज्ञान श्रृंखला’ सुरु गर्ने भएको छ।

भारतीय महिलाहरुको नेतृत्व विकास गर्ने, उनीहरुको सिप विकास गर्ने, प्रविधिमा दक्ष बनाउने, देश विकासका हरेक काममा महिलाको उपस्थिती बढाउने ‘ज्ञान श्रृंखला’ को उद्देश्य रहेको छ।

यो भिडियो श्रृंखलाले महिलाहरुको वैचारिक, राजनीतिक र सामाजिक मुद्दाहरुलाई अझ सशक्त रुपमा छलफलमा लैजाने आरएसएसले जनाएको छ।

आफ्ना हरेक काम गोप्य राख्ने आरएसएसले प्रधानमन्त्री नेरेन्द्र मोदीको ‘मन कि बात’ कार्यक्रमको आधारमा  ‘ज्ञान श्रृंखला’ सञ्चालन गर्ने भएको हो।

आरएसएसका प्रवक्ता राजीव तुलीले भने– ‘जनताहरुबाट यो कार्यक्रमलाई धेरै सल्लाह सुझाव आएको छ, यसलाई हामीले व्यापक बनाउने छौं।

भिडियो एक देखि १२ मिनेट सम्मको हुने छ। पहिलो भिडियोमा आरएसएसका संयुक्त महासचिव द्वय कृष्ण गोपाल र मनमोहन बैद्यले अहिलेको हिन्दु समाजमा महिलाको स्थिती, उनीहरु माथि हुने गलत व्यवहार र प्राचिन हिन्दु समाजमा महिलालाई दिइएको उच्च स्थानको बारेमा सवाल–जवाफ गरेका थिए।

आगामी भिडियो श्रृंखलामा आतङ्वाद र इस्लामको कडा नियम, एउटा हिन्दु र भारतीय नागरिक बीचको अन्तर, अबको शिक्षा प्रणाली र महिला शिक्षाको आवश्यकता लगायतका बारेमा चर्चा हुने तुलीले बताए।

 

 

 

 

 

प्रकाशित: ३ असार २०७६ ०८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App