टुँडिखेलमा पहिचान र संस्कृतिको कुरा

मङ्गलबार, ०३ असार २०७६, १३ : ३८ देवराज गुरुङ

टुँडिखेलको सहज परिचय काठमाडौंको बीच भागमा अवस्थित खुल्ला मैदान हो। यो शहिदगेट र रत्नपार्कको बिचमा अवस्थित छ। सामान्यतया आम मानिसको टुँडिखेलप्रतिको बुझाइ यहि हो।

किम्बदन्ति अनुसार कुनै बखत त्यो चउरमा ‘टुँडिल’ नामकी देवी थिइन्। काठमाडौंको स्थानीय भाषामा चउरलाई ‘ख्य’ भनिने हुनाले, उनै टुँडिल देवीको चउर ‘टुँडी ख्य’ हुँदै भाषाको अपभ्रंस हुनगइ टुँडिखेल रहन गएको पाइन्छ।

अर्को किम्वदन्ती अनुसार इटुमबहास्का केशचन्द्रको लामो कथा छ। कुनै बखत केशचन्द्रको विलौना सुनेर परेवाले बिस्टाएका सुनलाई गुरुमापा नामको राक्षसद्वारा बोकाइ सहरभित्र छिराएका थिए। गुरुमापाले सहरभित्र छिरेपछि स्वभावअनुसार उपद्रव गर्न बाँकी राखेन। तर सहरवासीले त्यसो गर्न नदिई त्यो राक्षसलाई सहरभन्दा बाहिरको ठूलो चउरमा बसाउन योजना बुने। उसलाई मनाउन फागु पूर्णिमाको दिन सहरबाहिरको त्यो चउरमा आई वर्षको एकपटक एउटा राँगोको मासु र दस पाथी चामलको भात ख्वाउने कबुल गरियो। गुरुमापालाई पनि त्यो कुरा मञ्जुरी भयो। यसरी त्यो राक्षसलाई राखिएको चउरलाई कसैले ‘तिनिख्यस’ पनि भनेका छन्। जुन अहिलेको टुँडिखेल हो। यो किंवदन्तीबाट टुँडिखेललाई राक्षसको आँगन भन्ने बुझियो। तर पछि परेड खेल्ने गरी राज्यको आँगन बन्न पुग्यो।

मानवविकासको क्रमसँगै टुँडिखेललाई राष्ट्रलाई शोक पर्दा शोक मनाउने र राष्ट्रले जित्दा हर्ष बढाई गर्ने स्थानको रुपमा लिने गरियो। राणा प्रधानमन्त्री चन्द्रशमशेरले विस १९६७ ताका चरम गरिबि र कमजोर आर्थिक अवस्था भएका जनताहरुलाई टुँडिखेलमा राखेर सामूहिक भोज गरेको इतिहास हामी सामु जिवितै छ। २०७२ को विनाशकारी भूकम्पमा धेरै मानिसहरुको आश्रय स्थल बन्यो टुँडिखेल। त्यस्तै टुँडिखेललाई राज्यको उच्च ओहदाका व्यक्तिहरुको मृत्यु पश्चात अन्तिम श्रद्धाञ्जलिको लागि प्रयोग गरिने स्थानको रुपमा समेत प्रयोग गरिन्छ।

पछिल्लो समय देशमा गणतन्त्रको उदय पश्चात पहिचान र संस्कृतिको नाममा टुँडिखेलको भूमिका फरक हुने गरेको छ। एक खाले समुदायका मानिसहरु आफ्नो नितान्त मौलिक पर्वलाई टुँडिखेलमा प्रस्तुत गर्न लागि परेका छन्। अझ यसो भनौ पछिल्लो समय टुँडिखेलमा पहिचान र संस्कृतिको व्यापार राम्रै फस्टाएको छ। यो प्रकृया कहिलेसम्म लम्बिने हो, त्यो भने हेर्न बाँकि छ। कहिले काहि यस्तो लाग्छ, टुँडिखेल संस्कृति र पहिचानको व्यापार गर्ने स्थान हो ? यसको बारेमा कसले बोल्ने ?

विशेष गरेर जनजातिहरुले आफ्नो नितान्त मौलिक पर्वलाई टुँडिखेलमा प्रदर्शन गर्ने गर्छन्। दिनानुदिन एकले अर्काको सिको गर्दै टुँडिखेलमा गरिने सँस्कृतिको व्यापारको जिम्मा कसले लिने ? हामी संस्कृतिवादीहरु त्यसलाई नै पहिचान भन्दै उपलब्धिको रुपमा स्विकारदै संस्कृतिको नशामा लिप्त भएका छौ। राज्य आफै पहिचानको मुद्दालाई केन्द्रमा बोकेर हिडिरहेको अवस्थामा त्यसबारे जानकार भएर पनि बेखबर जस्तै बन्न परेको तितो अर्थाथ हामीसँग छ।

संस्कृति आफैमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्त्रण हुने जिवित प्रकृया हो। आजसम्म कुनै पनि शास्त्रमा लेखिएको छैन, गुरुङ, तामाङ र शेर्पाले ल्होसार टुँडिखेलमा मनाउने भनेर। न लेखिएको छ, मगर र थारुले माघि, अनि राई र लिम्बुले साकेला र उधौली—उभौलि। अनि हामी संस्कृति र पहिचानको नाममा कतातिर बग्दै छौ ? हामीले हाम्रो पुस्तालाई दिने संस्कृति यहि हो ? हामीले प्राप्त गरेको पहिचान यहि हो ? त्यसैले हामी पहिचानवादीहरुले सोच्ने समय आएको छ, हामीले गुलियो विष खाने कि, तितो औषधि ?

पुष १५ अर्थात् तमु ल्होसारको सेरोफेरोमा मेरो काकाको १० वर्षको छोरालाई मैले प्रश्न गरे “ह्वाट इज ल्होसार ?” उसको उत्तर सहज थियो ‘ल्होसार इज अ काइन्ड अफ फेस्टिभल, सेलिब्रेट्स एट टुँडिखेल।’

प्रश्नको उत्तरले निकै भावुक बनायो। प्रश्नको उत्तरमा संस्कृति माथिको दीर्घकालीन असरको गन्ध राम्रै मिश्रित थियो। अर्कोतर्फ नयाँ पुस्ताको संस्कृतिप्रतिको गलत बुझाइ प्रतिविम्बित छ। बाल मष्तिस्कमा परेको सँस्कृति प्रतिको बुझाईले हाम्रो पहिचानको अबको बाटो प्रस्टै कोरेको छ। उत्तरले केही प्रश्नहरू पनि उठायो। हाम्रो पर्वहरुको पहिचान हराएकै हो त? शास्त्र, संस्कृति, परम्परा हराउँदै गएकै हो ? हाम्रा मौलिक पर्वहरु घरमा मान्ने कि टुँडिखेलमा ?

 मेरो प्रश्न र भाईको उत्तर एउटा प्रतिनिधि घटना मात्र हो। समग्रमा अहिले हाम्रो पुस्ताको संस्कृति प्रतिको बुझाई यहि लयमा छ। अनि हामीले हाम्रो पुस्तालाई कस्तो संस्कृति र पहिचान हस्तान्त्रण गरिरहेका छौं ? हाम्रो पुस्तालाई आफ्नौ मौलिक पर्व बारे प्रश्न गर्दा त्यसको उत्तर टुँडिखेलसँग जोड्दा त्यसको जवाफदेहिता को बन्ने ?

पे म्ह्स्या, छ्या म्हमु, छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु,

अर्थात्, शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, अनि परम्परा हराए मान्छे नै हराउँछ।

गुरुङ समुदायमा माथिको भनाई निकै लोकप्रिय छ। मलाई लाग्छ हामी पहिचान र संस्कृतिको जर्गेना गर्ने नाममा आफै हराउदै गइरहेका छौ। त्यसैले हामी आफैले आफ्नो सस्कृति र पहिचान माथि हिलो छ्याप्ने काम आजैदेखि बन्द गर्नै पर्छ।

पहिचनाको नाममा अगुवा गर्नेहरुले पनि सोच्ने समय आएको छ। आफ्नो जातिलाई पहिचान र सँस्कृतिको बारेमा राम्ररी बुझाउन सक्नु पर्छ। यतिबेला पहिचनावादी अगुवाको काम भनेको आरक्षण (कोटा) उपभोग गर्ने मात्र हो। खास भूमिकामा उनीहरु छैनन्। कहिले काहि पशुपतिको साढे र पहिचानवादीका अगुवाहरुको भूमिका उस्तै लाग्छ, न जोत्न मिल्छ न पूज्न ! पशुपतिको साढेको भूमिकामा रहेका अगुवाहरुले अब सोच्ने समय आएको छ। प्राप्त गरेका उपलब्धिहरु (पहिचान, धर्मनिरपेक्षता, समावेशी) गुमाउने कि सँस्थागत गर्ने ? यतिबेला प्राप्त उपलब्धीलाई रक्षा गर्दै अगाडि बढ्ने उपयुक्त समय हो। अन्यथा आफ्नै कारणले प्राप्त उपलब्धी पनि गुम्ने खतरा उत्तिकै छ। त्यसैले हामी पहिचानवादीहरुले सोच्ने समय आएको छ, भुँईको टिप्ने कि पोल्टाको जोगाउने ?

टुँडिखेल र हाम्रो मौलिक पर्वहरुको बिचमा खास सम्बन्ध छैन। टुँडिखेलको आफ्नै पहिचान र विशेषता रहेको छ। अर्को तर्फ हामी जनजातिहरुको सँस्कार र सँस्कृतिको त्यस्तै खाले महत्व रहेको छ। हामी यतिबेला बिचमा छौ। न हामीले आफूले भनेको जस्तो पहिचान सहितको राज्य पाएका छौ, न हामी अधिकारविहीन। दुबै दृष्टिकोणबाट हामीले हाम्रो सँस्कृति टुँडिखेलमा प्रदर्शन गर्न जरुरी छैन। यसले हाम्रो सँस्कृतिको विशिष्ट पक्षलाई त्यति बढुवा दिदैन।

अन्त्यमा वर्षदिनमा एक दिन मनाउने पर्वलाई टुँडिखेलमा प्रस्तुत गर्दा हाम्रो भूमिका गुरुमापाको जस्तो रहने निश्चित छ। हामीले गुरुमापाले जस्तो उद्ण्ड व्यवहार प्रस्तुत गरेर राज्यले हामीलाई मौलिक संस्कृति र पर्व टुँडिखेलमा प्रस्तुत गर भनेको पक्कै हैन र छैन पनि। अनि हामी आफै त्यसको पहिचान र विशिष्ट पक्ष नबुझि किन टुँडिखेलमा गुरुमापाको भूमिकामा प्रस्तुत भइरहेका छौँ ? के हामीले हालसम्म प्राप्त गरेका सबै उपलब्धीहरु गुरुमापालाई मनाउन दिएको दश पाथि चामल र रागाँको मासु जस्तै हुन् ?








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad