coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आलमको आशालाग्दो बलिङ

इङ्ल्यान्ड - जारी विश्वकपमा अफगानिस्तानले सबैभन्दा कमजोर प्रदर्शन गरिरहेको छ । उसले चारै खेलको नतिजा सुम्पिदा अंकतालिकामा खाता खोल्न सकेको छैन । गत वर्ष मात्र एसोसिएट राष्ट्रबाट एकदिवसीय मान्यता पाएको अफगानिस्तानको प्रदर्शन विश्वकपमा राम्रो नहुनु स्वाभाविक हो ।

व्यक्तिगत रूपमा पनि अफगानिस्तानका खेलाडीले आशातीत प्रदर्शन गर्न सकिरहेका छैनन् । उसका स्टार खेलाडी रासिद खानसहित अन्य खेलाडीको प्रदर्शन राम्रो हुन सकिरहेको छैन । यद्यपि, विश्वकपमा दुई खेल मात्र खेलेका अफगानिस्तानका अफ्ताब आलमले आशालाग्दो बलिङ गर्दै तीन विकेट लिइसकेका छन् । २६ वर्षे आलमले किफायती बलिङ गर्दै ४.६३ को रनरेटमा रन खर्चिएका छन् ।

न्युजिल्यान्डविरुद्धको खेलमा अवसर पाएका अफ्ताबले तीन विकेट लिँदै विश्वकपमा उत्कृष्ट सुरुआत गरेका थिए । त्यस क्रममा ८.१ ओभर बलिङ गरेका आलमले किफायती बलिङ गर्दै ५.५१ ग्तिमा रन खर्चिएका थिए । दक्षिण अफ्रिकाविरुद्ध भने उनले विकेट लिन सकेनन् । यद्यपि, आलमले ५ ओभरमा एक मेडनसहित १६ रन मात्र खर्चंदै किफायती बलिङ गरे ।

आलमले पछिल्ला ६ खेलमा १३ विकेट लिइसकेका छन् । त्यस क्रममा उनले ४.५२ रनको औसतमा रन खर्चिएका छन् । आलमले २६ एकदिवसीय खेलमा ४.८३ रनरेटमा रन खर्चिंदा ४० विकेट लिइसकेका छन् । एकदिवसीय क्रिकेट कम खेले पनि आलमले पछिल्ला समय राम्रो बलिङ गरिरहेका छन् । अफगानिस्तानले विश्वकपको पाँचौं खेलअन्तर्गत घरेलु टोली इङ्ल्यान्डविरुद्ध खेल्दै छ । उनै आलम घरेलु टोलीका ब्याट्सम्यानलाई लगातार दबाब राख्दै विकेट लिने लक्ष्यमा हुनेछन् । इङ्लिस ब्याट्सम्यान पनि उनको तीव्र गतिको बलिङमा सजग भएर खेल्नेछन् । उनको गल्तीमा मात्र ठूलो सट खेल्ने घरेलु ब्याट्सम्यानको योजना हुनेछ ।

 

प्रकाशित: ३ असार २०७६ ०६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App