लागुऔषधको लत

मङ्गलबार, ०३ असार २०७६, ०९ : ०९ डा. सुभाष पोखरेल

विश्व स्वास्थ्य संगठनका अनुसार संसारका झण्डै ३० करोड मानिस अफिमजन्य लागु औषधको दुव्र्यसनी छन्। १५ देखि ६४ वर्ष समूहका ६ प्रतिशत मानिसले ‘ड्रग्स’ सेवन गरेको देखियो। काम गर्न सक्ने ऊर्जावान समूहका त्यति धेरै जनशक्ति लागु औषधको कुलतमा फसेपछि विश्वव्यापी अभियानमार्पmत दुव्र्यसनी समस्या समाधान गर्नुपर्ने स्वास्थ्य संगठनले ठहर ग¥यो। अनि संहिता जारी ग-यो।

नेपालमा दुव्र्यसनी संख्या विश्वको सालाखाला भन्दा पनि कहालीलाग्दो देखियो। चामल पु¥याउन कठिन रहेको दुर्गम भेगमा समेत ड्रग्स सहजै पुगे। एकातिर लागुऔषध समस्या विकराल देखियो भने दुव्र्यसनको क्रममा उनीहरूले प्रयोग गर्ने साझा इन्जेक्सनका कारण एड्स तथा हेपाटाइटिस सी जस्ता घातक रोग सर्ने गरेको पाइयो। लागु औषधीको दोहोरो मारमा गाउँबस्ती सिकार भएको देखियो।

लागु औषधी खराब हो भन्ने सबैले बुझेका छन्। तर ड्रग्सको चंगुलमा पर्नेको संख्या दिनानुदिन बढ्दो देखियो। भयावह अवस्थाको जानकारी हुँदाहुँदै मानिस किन ड्रग्स सेवन गर्न पुग्छ ? दुव्र्यसनी बढ्नुमा परिवार तथा समाजको हात छ÷छैन ? अनि ओखती गर्नुपर्ने चिकित्सकको अज्ञान तथा निहित स्वार्थले ड्रग्सको दुरुपयोग बढेको त होइन ? त्यसो त ड्रग्स उत्पादक कम्पनीले बिरामीलाई गुमराहमा राखी लागुऔषध प्रवर्धन गर्ने गरेको आरोप पनि नलागेको होइन। लागुऔषधको यथार्थ अनि भयानक स्वरूपको कारक खोज्न आवश्यक देखियो।

प्रकृतिले पीडा घटाउन अफिम दियो, वनस्पतिका रूपमा। अंग्रेजी ओखतीका रूपमा ‘पेनकिलर’ बजारमा आउनुअघि पछिल्लो हजारौँ वर्षसम्म दुखाइ कम गर्न अफिम प्रयोग गरियो। बजारको माग धान्न ठूलो भूभागमा अफिम उत्पादन गरिन्थ्यो। तर पछि अफिमको भगिनीका रूपमा अझ शक्तिशाली ओखती प्रयोगशालामा बन्न थाले। एउटा ल्याबमा हजारौँ बिघामा उत्पादन गरिने अफिमभन्दा पनि बढी लागुऔषध उत्पादन हुन थाल्यो। दबाइका रूपमा बट्टामा राखेर बेचिने पेनकिलरले अफिमलाई प्रतिस्थापन गर्न लाग्यो।

दृढ इच्छाशक्ति तथा चट्टानी संकल्प नभएका कारण लागु औषधको कुलतमा फसेकाहरू सामान्य जीवन यापन गर्न सक्दैनन् भन्ने आममानिसको सोच देखिन्छ।

विद्युत् गृहमा उत्पादन भएको बिजुली तारमार्पmत घरमा पुगेपछि बत्ति बलेझैँ शरीरको एउटा भागमा चोट लाग्दा नशाका रूपमा रहने स्नायु प्रणालीले उक्त खबर दिमागमा पु¥याएपछि मात्र हामीलाई पीडा महसुस हुन्छ। अथवा, नशाले दुःखलाई मस्तिष्कमा पु¥याएपछि मात्र हामी पीडा महसुस गर्छौँ। कदाचित शारीरिक कष्टलाई स्नायु प्रणालीले मस्तिष्कमा नपु-याउने हो भने हामीलाई पीडाको अनुभूति हुँदैन। अब लागुऔषध प्रयोग गर्दा किन पीडा अनुभव हुँदैन भन्नेतर्फ हेरौँ ः

मादक पदार्थ सेवन गर्दा स्नायु प्रणालीमा रहेका ‘अफिम रिसेप्टर’ मा अफिमका अणु टाँसिन्छ। रिसेप्टरमा अफिम टाँसिएपछि बिजुलीको तार काटिएपछि घरमा बिजुली बत्ती बन्द भएझैँ स्नायु प्रणालीसँग मस्तिष्कको सम्बन्ध विच्छेद हुन्छ। यसरी, शरीरका विभिन्न भागमा विकास भएका पीडाजन्य समस्या ‘ब्रेन’ मा नपुगेपछि जतिसुकै ठूलो घाउ÷चोट भए पनि मानिसले दुखाइ महसुस गर्दैन। मानसिक थकान तथा शारीरिक समस्या दिमागमा नपुगेपछि मानिसलाई दुख्दैन। त्यसैले क्यान्सर जस्ता रोगका कारण अत्यधिक पीडा हुँदा तथा अपरेसनका बखत लागुऔषध सेवन गर्न दिनुलाई अस्वाभाविक मानिँदैन।

व्यक्ति प्रशन्न हुँदा शरीरमा ‘डोपामिन’ नामको हर्मोन निस्कन्छ। पारिवारिक भेटघाट, सामाजिक जमघट, मीठो खानपिनलगायत परिवेशले मनखुसी भएका बखत निस्कने भएकाले डोपामिनलाई ‘फिल गुड हर्मोन’ पनि भनिन्छ। खुसीको मात्रा र डोपामिन उत्पादनबीच प्रत्यक्ष सम्बन्ध छ। मानिस निकै खुसी भएका बखत धेरै डोपामिन उत्पादन हुन्छ भने सामान्य प्रसन्नताले हर्मोनको उत्पादन पनि कम हुन्छ। प्रसन्नताको सन्देश ब्रेनमा पुगेपछि डोपामिन निस्कने भएकाले शारीरिकरूपमा खुसीको अनुभूति गरिरहने व्यक्ति मानसिकरूपमा समेत खुसी हुन्छ। उदाहरणका लागि १ लाख रुपियाँ पाउदा कुनै व्यक्तिले सामान्य प्रसन्नता व्यक्त ग¥यो अनि अर्को व्यक्तिले केबल १० रुपियाँ पाउँदा धेरै खुसी भयो भने डोपामिनको उत्पादन १० रुपियाँ पाउने व्यक्तिको शरीरमा धेरै उत्पादन हुन्छ अनि मानसिकरूपमा अधिक खुसीसमेत ऊ नै हुन्छ। डोपामिनको मात्राले व्यक्तिको मानसिक प्रसन्नताको तह निर्धारण गर्छ। सानोसानो सफलतामा समेत रम्ने गर्दा व्यक्ति मानसिकरूपले समेत प्रसन्न हुन्छ।

अब मानिस किन दुव्र्यसनी बन्न पुग्छ ? त्यता हेरौँ: अहिलेको कार्यप्रकृतिले गर्दा अधिकांश मानिस तनावग्रस्त अवस्थामा हुन्छन्। पढाइको असफलता, पारिवारिक तनाव तथा व्यावसायिक अधोगतिले कसलाई पीडा दिँदैन ? दुर्दिनको रसातलमा पुगेका बखत नार्कोटिक ड्रग्स मानिसको सहज पहुँचमा हुने हो भने बहुसंख्यक व्यक्ति सहजै दुव्र्यसनी बन्ने ठहर एक अध्ययनले गरेको छ। त्यसैले अवस्था प्रतिकूल भएका बखत सरक्क ड्रग्स पाए कुनै पनि व्यक्ति ड्रगिस्ट बन्न सक्छ भन्ने सबैले हेक्का राख्नुपर्छ। ड्रग्सहरू शारीरिक समस्याका कारण सेवन गर्नु अत्यावश्यक भएको अवस्थामा मात्र व्यक्तिको पहँुचमा पुगोस् भन्ने कुरामा सरकार चनाखो हुनुपर्छ। अनि, चिकित्सकको पुर्जाबिना ड्रग्सहरू उपलब्ध नगराउने मान्यता विश्व स्वास्थ्य संगठनले विकास गरेको छ। नेपालमा पनि तदनुरूपको नियम÷कानुन बने। लागु औषधीको दुरुपयोग गर्नेलाई सजायको प्रावधान राखियो। तर खुला सिमाना र तस्करीका कारण लागु ओखती बजारमा सहजै उपलब्ध हुने यथार्थ लुकेको छैन।

लागु औषधको सेवन गर्नु फर्कन नमिल्ने एकतर्फी सडक जस्तो भएको यथार्थ सबैले बुझ्न बुझाउन जरुरी देखिन्छ। जुनसुकै विधिले ड्रग्स सेवनको तल बसे पनि अम्मल छुटाउन कठिन हुने भएकाले उक्त समस्या समाधानका खातिर राष्ट्र, समाज तथा परिवार एकजुट हुन आवश्यक देखिन्छ।  

लागुऔषध सेवनले शरीरमा प्राकृतिकरूपले उत्पादन हुने डोपामिनको मार्ग अपहरण गर्छ। अथवा व्यक्ति यथार्थमा खुसी होस् अथवा नहोस्, लागु औषधीको सेवनले शरीरमा डोपामिनको उत्पादन बढ्छ र व्यक्तिले क्षणिकरूपमा प्रसन्नताको अनुभूति गर्छ। तर नशा उत्रिएपछि शरीरमा डोपामिनको मात्रा घट्छ अनि फेरि खुसी बन्नका लागि उस्ले अघिल्लो पटकभन्दा अझ बढी ड्रग्स सेवन गर्नुपर्छ। लागु ओखतीको सेवनले डोपामिनको मात्रा ह्वात्तै बढाउने भएकाले पारिवारिक तथा सामाजिक प्रसन्नताका कारण उत्पादन हुने हर्मोनको सीमित उत्पादनले व्यक्ति सुसी हुन सक्दैन। क्षणिक प्रसन्नताका लागि मानिस दुव्र्यसनको चक्रमा फस्दै जान्छ।

दृढ इच्छाशक्ति तथा चट्टानी संकल्प नभएका कारण लागु औषधीको कुलतमा फसेकाहरू सामान्य जीवन यापन गर्न सक्दैनन् भन्ने आममानिसको सोच देखिन्छ। तर संयुक्त राज्य अमेरिकाको ‘न्यासनल इन्स्टिच्युट अफ् ड्रग अब्युज’ का अनुसार लागु औषधीको अम्मल सामान्य रोग नभएर जटिल रोगहरूको समिश्रण भएकाले केवल अम्मलीको नशा त्याग्ने प्रतिज्ञाको भरमा व्यक्ति सामान्य जीवन यापन गर्ने अवस्थामा फर्कन नसक्ने भन्छ। लामो सेवनपछि लागुऔषध मानिसको शरीरलाई भन्दा दिमागका लागि अपरिहार्य बन्ने गरेको देखियो। परिवर्तित बायोलोजीका कारण लागु ओखतीलाई दिमागले अत्यावश्यक तत्व ठान्छ। अनि ड्रग्सको आपूर्ति गर्न असमर्थ हुँदा शरीरमा विभिन्न किसिममा समस्या देखिन्छन्। कठोर प्रतिज्ञासहित ड्रग्सको लत छोड्न कस्सिएका व्यक्तिहरू अम्मल रोक्नेबित्तिकै सुत्न नसक्ने, नखाने, बेचैनीलगायत समस्याका कारण लामो समय थलिएका कारण पुनः ड्रग्स सेवन गर्न बाध्य भएको देखियो।

नार्कोटिक ड्रग्स सेवनले व्यक्तिको दिमागको संरचना परिवर्तन गर्ने भएकाले ‘ड्रग एडिक्सन’ लाई केवल एक इलाजले निको पार्ने सामान्य रोगका रूपमा होइन बरु सधँै परेजमा रहेर निरन्तर इलाज गर्नुपर्ने मधुमेह तथा उच्च रक्तचाप जस्तो ‘क्रोनिक डिजिज’ का रूपमा बुझ्नुपर्ने ‘न्यासनल इन्स्टिच्युट अफ् ड्रग अब्युज’ को सल्लाह रह्यो। महिनौँको सुधारगृहको बसाइपछि घर ल्याउनेबित्तिकै व्यक्ति फेरि दुव्र्यसनको दुष्चक्रमा फर्केको देख्दा मानिसलाई अम्मलबाट मुक्ति दिन केबल रिह्याब सेन्टर तथा ओखतीमूलो पर्याप्त हुँदैन बरु पारिवारिक सहयोग तथा सामाजिक सद्भावको आवश्यकता हुन्छ भन्यो। दीर्घ रोग भएका कारण सुधारगृहबाट आएको व्यक्तिलाई हेयको दृष्टिले हेर्नुको बदला उसले भोगेको पीडाको अनुभव गर्दै आजन्म माया तथा ममता दर्साउन आवश्यक हुन्छ।

व्यक्तिको जीवनमा उतारचढाव आइरहन्छ। सफलता र असफलता जीवनको पर्याय हो। असफल हुनेबित्तिकै परिवार तथा समाजले हेला गर्दा क्षणिक आनन्दका लागि व्यक्ति लागु ओखतीको शरणमा पुग्न सक्छ। त्यस्तै माया तथा ममताको अभावमा कलिलो उमेरका बच्चा दुव्र्यसनी भएका देखियो। ठोस योजनाबिना पीडा कम गर्न चिकित्सकले लामो समयसम्म कडा ड्रग्स दिँदा अन्ततः रोगी अम्मली भएको पनि देखियो। साथीभाइको भडकाउ तथा अल्पज्ञानका कारण लहडमा ड्रग्स सेवन गर्ने मनग्य देखिए। अनि सहजैरूपमा लागुऔषध उपलब्ध हुँदा अम्मली बढ्नु अस्वाभाविक रहेन। लागुऔषध सेवन गर्नु फर्कन नमिल्ने एकतर्फी सडक जस्तो भएको यथार्थ सबैले बुझ्न बुझाउन जरुरी देखिन्छ।

जुनसुकै विधिले ड्रग्स सेवनको तल बसे पनि अम्मल छुटाउन कठिन हुने भएकाले उक्त समस्या समाधानका खातिर राष्ट्र, समाज तथा परिवार एकजुट हुन आवश्यक देखियो। माया/ममता दर्शाउने, नशालु पदार्थको भयानकताबारे सचेतता अभियान सञ्चालन गर्ने, अत्यावश्यक नभई अनि ठोस योजनाबिना बिरामीलाई ओपिओइड प्रेस्क्राइब नगर्ने अनि ड्रग्सको अवस्थाबारे स्कुले बालबालिकालाई बताउन सके लागुऔषधको भयाबह अवस्था न्युनीकरण गर्न सकिन्थ्यो कि ? भूमण्डलीय चुनौतीका रूपमा रहेको लागुऔषध समस्या समाधानमा सबै सचेत रहन आवश्यक छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

गत वर्ष सार्वजनिक र रिलिज भएको आइफोन टेन आर (XR) अब भारतमा निर्माण हुन थालेको हो । ...

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

Ncell Footer Ad