coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

आधारशिविरमा योग दिवस

काठमाडौं – काठमाडौंस्थित भारतीय राजदुतावासले विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा एक योग कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरी तथा राजदुतावासका पदाधिकारीलगायत सोलुखुम्बु जिल्लाको महिला तथा युवा समूहका सदस्यहरू, खुम्जुङ र खुन्दे खानेपानी व्यवस्थापन समिति, खुम्जुङ र खुन्दे महिला तथा युवा समूह, सगरमाथा राष्ट्रिय निकुञ्जका पदाधिकारी, एभरेस्ट भ्यू होटलका कर्मचारी तथा ठूलो संख्यामा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागीता थियो।

योग दिवसको कार्यक्रममा विदेशी पर्यटक, पर्वतारोही तथा अनुसन्धानकर्ताहरूको पनि सहभागिता थियो। दुतावासले कार्यक्रमको मुख्य उद्देश्य दैनिक जीवनमा योगको महत्व उजागर गर्नुका साथै देश, महादेश तथा समस्त मानव जीवनमा शान्ति तथा सामञ्जस्यता स्थापना गर्नु रहेको जनाएको छ।

दुतावासका अनुसार समुद्री सतहदेखि १७ हजार ६ सय फिट उचाइमा रहेको सगरमाथाको आधार शिविरमा पहिलो पटक योग दिवस मनाइएको हो। भारत गुजरातका भरत शर्मा तथा अन्य पर्वतारोहीहरूले विश्वकै सर्वोच्च शिखरको आधार शिविरमा योग अभ्यास गरी इतिहास रचेको दुतावासको दाबी छ।

सगरमाथा आधारशिविरमा योग गरेको तस्बिर देखेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘योगालाई नयाँ उचाईमा पु-याउनु। नेपालमा यो कुरा देख्दा अचम्म लाग्यो’ भन्दै ट्विट गरेका छन्।

प्रकाशित: ३ असार २०७६ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App