८ वैशाख २०८१ शनिबार
कला

गिरिजाको ‘ए सरकार’

काठमाडौं – देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टाचारमाथि तिखो व्यंग्य प्रहार गरिएको गीत ‘ए सरकार’ सार्वजनिक भएको छ। साहित्यकार एवं पत्रकार गिरिजा अधिकारीको शब्द रहेको गीतमा विकास पाण्डेको संगीत तथा गायक देवेन्द्र कार्कीको स्वर छ।

गीतमा सरकार र पहुँचमा रहेका व्यक्तिहरूले आफन्त र सालासालीलाई राम्रो स्थानमा जागिर लगाएको भन्दै कटाक्ष प्रहार गरिएको छ। गीतले सरकारप्रतिको चरम वितृष्णा र खबरदारीलाई एकसाथ समेटेको छ।

भीमफेदी गाइजको अभिनय रहेको भिडियोमा देशको विकृती र विसंगतिलाई कलात्मक शैलीमा देखाइएको छ। भिडियोमा भीमफेदी गाइजका निर्मलको निर्देशन छ। भिडियोमा पवन सुस्लिङको छायांकन छ। भिडियोे ऐतिहासिक मकवानपुर गढी दरबारमा छायांकन गरिएको हो।

प्रकाशित: ३ असार २०७६ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App