coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पूर्व–प्रावि शिक्षकको तलब बढाउन माग

भक्तपुर – पूर्वप्रावि तहमा काम गर्ने शिक्षक सहयोगी कार्यकर्ताहरूले प्राविसरह तलबसुविधा हुनुपर्ने माग गरेका छन्। प्रावि तहमा काम गर्ने शिक्षकहरूको शैक्षिक योग्यता एसइई पूरा भएको हुनुपर्ने, इसिडी: बाल विकास कक्षामा कार्यरत शिक्षकहरूलाई प्रत्येक वर्ष पुनर्ताजगी तालिम दिइनुपर्ने, विद्यार्थी संख्याअनुसार प्रत्येक १५ जना विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने, पूर्वप्रावि तहका लागि कार्यालय सहयोगीसरहको तलब, पोशाक भत्ता, महँगी भत्ताका साथै पेसागत सुनिश्चितताको व्यवस्था गरिनुपर्र्नेे, स्थानीय सरकार र प्रदेश सरकारसमेतले शिक्षामा बजेट व्यवस्था गरिनुपर्नेलगायत माग उनीहरूको छ।

उल्लिखित मागसहित उनीहरूले नेपाल मजदुर किसान पार्टी समर्थित नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर नगर समितिमार्फत सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई १२ बुँदे ज्ञापनपत्र बुझाएका छन्। समितिका अध्यक्ष लक्ष्मीनारायण दुवाल, नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर जिल्ला समिति सचिव गणेशराम थुसा र इसिडी शिक्षक एकाइका संयोजक सीतालक्ष्मी छुस्याकीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख सुनिल प्रजापतिले इसिडी शिक्षकहरूको समस्या सम्बोधन गर्न नगरपालिका सकारात्मक रहेको जानकारी बताए। उनले तल्लो तहमा अध्यापन गराउनुलाई सम्मानयोग्य कामको रूपमा चर्चा गर्दै नगरभित्रका सामुदायिक आधारभूत विद्यालयको शैक्षिकस्तर उठाउन शिक्षक–शिक्षिकालाई नयाँ सिकाइ प्रविधिको तालिम सञ्चालन गरी विद्यालयहरूको नियमित अनुगमन गर्ने बताएका थिए।

प्रकाशित: ३ असार २०७६ ०२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App