तापक्रम घट्ने

मङ्गलबार, ०३ असार २०७६, ०७ : ४२ नागरिक

काठमाडौं – चार दिनयता काठमाडौं उपत्यकासँगै देशभरको तापक्रम वृद्धि भएको छ। पूर्वका केही भागमा गर्मी कम भए पनि काठमाडौंसँगै पश्चिम क्षेत्रमा मौसमी गतिविधि नभएकाले गर्मी बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार चारदिन यता पश्चिम तराईको औसत तापक्रम ४२ डिग्रीसम्म पुगेको छ।

मौसमविद् मञ्जु वासीले अहिले भइरहेको भन्दा बढी गर्मी नहुने र दुई तिन दिनभित्र पूर्वी तथा पश्चिम भागमा मुसलधारे पानी पर्ने सम्भावना रहेको बताइन्। ‘पूर्वी भेगमा मौसमी गतिविधि भएपनि पश्चिमी क्षेत्रमा मौसमी गतिविधि ठप्प छ,’ उनले भनिन्, ‘बादल लाग्ने, गड्याङगुडुङ गर्ने, हावाहुरी चल्ने लगायतका गतिविधि नभएका कारण पूर्वमा भन्दा पश्चिममा गर्मी बढेको हो।’ उनका अनुसार औसत नियम अनुसार नेपालमा जुन १० सम्मको अवधीमा मनसुन सुरु हुनुपर्छ।

यसवर्ष जुन १० सम्म मनसुन नभित्रिएको र टन्टलापुर घाम लागेका कारण गर्मी बढेको हो। सोमबार र मंगलबार उपत्यकालगायत देशभरको मौसम आंशिक बदली भई छिटफुट वर्षा हुने सम्भावना छ। मंगलबार पूर्वी भूभागमा बढी वर्षा हुने सम्भावना छ। नेपालको पूर्वी भेगबाट केही दिनमा मनसुन भित्रने अनुमान छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad