शिवपुरीमा सफारी सञ्चालनको तयारी

पर्यावरण तहसनहस हुने खतरा

मङ्गलबार, ०३ असार २०७६, ०६ : ५९ शिवहरि घिमिरे  | @shivsamir

काठमाडौं - शिवपुरी निकुञ्जभित्र सफारी चलाउने तयारीले त्यहाँको जैविक पर्यावरण तहसनहस हुने डर देखिएको छ। वन तथा वातावरण मन्त्रालयले पुरानै बाटो प्रयोग गरेर सफारी प्रवेश गर्नेगरी अघि सारेको नियमावलीले निकुञ्जको अस्तित्व तहसनहस पार्ने वातावरण विज्ञहरू बताउँछन्। पहाडी हरियाली क्षेत्रको रसिलोपना र संवेदनशीलता नबुझी हचुवामा यस्ता नियम लागु गर्दा त्यसले प्रकृतिमा विनाश ल्याउने जलाधार विज्ञ मधुकर उपाध्याय बताउँछन्। सफारी मात्रैले फरक नपर्ने तर त्यसका कारण अन्य विकृति बढ्दै जाने उनको भनाइ छ।

‘अहिले जति मानिस गइरहेका छन्, त्योभन्दा बढी गएर केही हुँदैन। तर त्यहाँ नयाँ बाटो र संरचना बनाउनुहुँदैन। पानीका मार्गहरूलाई अवरोध नगरी बाहिरी रूपमा गतिविधि गर्दा केही फरक पर्दैन,’ उनी भन्छन्, ‘मुख्य कुरा जमिन उधिन्ने र जंगल फाँड्ने गर्नुहुन्न।’ पछिल्लो समय देशभरिका पहाडी क्षेत्रमा सडक खन्दा पानीका स्रोत र मार्गहरूमा अवरोध गरिएकाले देशैभरि त्यसको असर देखिएको उनी जनाउँछन्। ‘अहिले स–साना बाटाहरू बढाउँदै जाने हो भने त्यसबाट अर्को हानि गर्छ। यदि सही किसिमले वातावरणको ख्याल राखेर सफारी सञ्चालन गर्दा फरक पर्दैन,’ उनी भन्छन्, ‘यद्यपि फोहोर गर्ने, जमिन खलबल्याउने, संरचना निर्माण गर्ने किसिमका काम कुनै हालतमा गरिनुहुन्न।’

उपत्यका बिस्तारै कंक्रिटमा परिणत हुँदै गएकाले नजिकका पहाड कोट्याउँदा विशेष ध्यान दिनुपर्ने उपाध्यायको भनाइ छ। २०५० सालमा उपत्यकामा ठूलो बाढी शिवपुरी क्षेत्रबाटै आएको, सो २४ घन्टे बाढीले निकै क्षति पु¥याएका कारण त्यस्तो विपत्ति फेरि पनि निम्तिन सक्ने भएकाले अहिलेदेखि नै पर्यावरण रक्षाका लागि लड्नुपर्नेमा उनी जोड दिन्छन्। उनका अनुसार पहिलेपहिले शिवपुरीलाई उपत्यकाभित्रका राजकुलाको शिर मानिन्थ्यो। नागार्जुन, गोदावरी, चन्द्र्रागिरि क्षेत्रबाट उपत्यकाभित्र चिस्यान आउँथ्यो। किसानले यिनै क्षेत्रका नदीबाट पानी ल्याएर खेतीपाती गर्दथे। काठमाडौंदेखि उत्तरी भेगमा रहेको यो क्षेत्र उपत्यकाको सबैभन्दा ठूलो भाग हो। अध्ययनअनुसार अन्य डाँडाबाट भन्दा शिवपुरीबाट उपत्यकाभित्र पानी धेरै आउँछ। पूर्र्वमा मणिचुड डाँडादेखि पश्चिम नुवाकोटको ककनी र नागार्जुन वनसम्म फैलिएको शिवपुरी–नार्गाजुन क्षेत्र पर्यावरणीय हिसाबमा पनि स्वच्छ मानिन्छ। यो निकुञ्जको क्षेत्रफल १ सय ६१ वर्ग किलोमिटर फैलिएको छ।

राज्यको स्वामित्वमा रहेको शिवपुरी क्षेत्रको संवेदनशीलता ख्यालै नगरी सफारी खुला गर्दा त्यसको असर उपत्यकाभित्र पर्ने वातावरणविद् भूषण तुलाधर उल्लेख गर्छन्। उनले यस क्षेत्रमा थप संरचना थप्न नहुने र पर्यावरणमा विशेष ध्यान दिनुपर्ने बताउँछन्। शिवपुरी उपत्यका नजिकको सानो र अति महŒवपूर्ण राष्ट्रिय निकुञ्ज भएकाले यस क्षेत्रमा ठूला संरचना र सवारीसाधन प्रवेश गराउन नहुने उनको भनाइ छ। ‘प्रवद्र्धन गर्नु नराम्रो होइन तर वातावरण मैत्री ढंगले गर्नुपर्छ। यदि खेलाँची गरियो भने त्यसको असर उपत्यकामा पर्छ,’ उनी भन्छन्, ‘त्यसैले शिवपुरीलाई तहसनहस पार्ने किसिमका कुनै गतिविधि गर्नुहुन्न।’

उनका अनुसार शिवपुरी क्षेत्र काठमाडौं उपत्यकाबाट बग्ने मनहरा, बाग्मती, विष्णुमती, रुद्रमतीजस्ता नदीहरूको मुख्य मुहान हो। शिवपुरीमा पानीको बहाव घट्यो भने त्यसपछि यी नदीहरू पनि संकटमा पर्न सक्छन्। मानिसको संख्या बढ्दै गएपछि त्यहाँका जीवजन्तुमा पनि असर पर्छ। ‘हामीले जंगलको महŒव नै बुझ्न सकिरहेका छैनौं, अहिले आसपासका केही डाँडाकै कारण काठमाडौं शीतल छ,’ तुलाधर भन्छन्, ‘यदि जंगल चलाउने हो भने उपत्यकाका डाँडा पनि नांगा हुन्छन् र धुलो उड्न थाल्छ।’

अर्का वातावरणविद् उत्तमबाबु श्रेष्ठले अग्ला र पानी रसाउने शीतल डाँडा व्यापारीलाई सुम्पिएर उपत्यकालाई मरुभूमितूल्य बनाउन नहुने बताए। उनले जैविक विविधतामा शिवपुरीको मुख्य भूमिका रहेकाले यसको संरक्षण चौतर्फी ढंगले हुनुपर्ने जानकारी दिए। ‘शिवपुरीको अस्तित्वमाथि कसैले खेलबाड गर्नुहुन्न, यसलाई उचित किसिमले संरक्षण गर्नुपर्छ,’ उनी भन्छन्। निकुञ्जका प्रमुख संरक्षक अधिकृत दिलबहादुर पुर्जा पुन शिवपुरीलाई बिग्रन नदिने किसिमले सफारी खुला गर्ने तयारी भएको दाबी गर्छन्। सफारी खुला गर्दैमा शिवपुरीको अस्तित्व ध्वस्त नहुने उनी बताउँछन्। ‘सफारी खुला गर्दैमा जंगल बिगँ्रदैन। यसले जैविक विविधतामाथि कुनै किसिमको असर पार्दैन, बरु पर्यटक बढाउँछ,’ उनी भन्छन्, ‘हामी वातावरण नखल्बल्याउने तरिकाले काम गर्छौं, निकुञ्जभित्र कुनै नराम्रा गतिविधि गर्न दिँदैनौं।’

बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल नयाँ पर्यटकीय तरिकासहित सफारी सञ्चालन गर्न लागेको जनाउँछन्। त्यसो गर्दा पर्यटकको संख्या बढ्ने र त्यसको आम्दानीले नगरपालिकालाई फाइदा पुग्ने धारणा राख्छन्। ‘हावा खाएर मात्रै हुँदैन, यति राम्रो ठाउँलाई व्यवस्थित किसिममले आम्दानीको स्रोतका रूपमा पनि जोड्न सकिन्छ,’ उनी भन्छन्।






यसमा तपाईको मत

अन्य समाचार

के हो हाइव्रिड कार ?

के हो हाइव्रिड कार ?

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ। यस्ता कारहरुमा...

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंक लिमिटेडको रु.एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र यहि मिति २०७६/०४/०६ गते सोमबार देखि जारी गरेको छ...

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

Ncell Footer Ad