हतियार सहित चार भारतीय प्रहरी अछामबाट नेपाल प्रहरीको नियन्त्रणमा

सोमबार, ०२ असार २०७६, २२ : ५७ टपेन्द्र कार्की

काठमाडौं- अछाम जिल्लाको बान्नेगढी गाउँपालिका ४ मा हतियारसहित नेपाल आएका चार जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतीय किशोरीलाई भगाएर ल्याएको र किशोरी भगाउने नेपाली केटालाई पक्राउ गर्न आएका चार भारतीय प्रहरीलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा पक्राउ गरिएको हो। पूर्व गृहमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य भीम रावल गृहजिल्लामै रहेका बेला भारतीय प्रहरी गाउँ पसेको र नेपालीलाई पक्राउ गरेर लैजान लागेको थाहपाएपछि उनले गृहसचिव प्रेमकुमार राईलाई फोन गरेर कसको अनुमतिले भारतीय प्रहरी बर्दीसहित नेपाल आएको भनेर सोधेका थिए।

'नेपालमा अपराधी लुकेर बसेको भए उसलाई लैजाने कानुनी प्रकृया हुन्छ तर बर्दीसहित नेपाल आएर घरबाटै थुतेर लाने कानुनी नीति छैन उनीहरु किन कसरी नेपाल आए त्यसको जवाफ चाहियो', भनेर पूर्व गृहमन्त्री रावलले गृहसचिव राईसँग जिज्ञासा राखेपछि गृहसचिव राईले अछामका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर भारतीय प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए। त्यसपछि नेपाल प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर सदरमुकाम लगेको थियो। १५ वर्षीय किशोरीलाई भगाएर ल्याएको निहुँमा भारतीय प्रहरी नेपाली भूमिमा आएको अछाम जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ। ‘विना अनुमति भारतीय प्रहरीलाई नेपाल आउने अधिकार छैन, नेपालमा अपराधी लुकेको भए त्यसलाई लैजाने कानुनी प्रकृया छ इन्टरपोल मार्फत खबर गरेपछि नेपाल प्रहरीले त्यसलाई खोजवीन गर्छ तर नेपालमा खुलेआम भारतीय प्रहरी किन आउँछन’, पूर्व मन्त्री रावलले नागरिकसँग भने ‘मैले यो विषयमा गृहसचिव र अछामको सिडियोसँग जानकारी मागेको थिए तर उहाँहरुले यसबारे जवाफ दिनु भएन र भारतीय प्रहरीलाई पक्राउ गर्नुभएको छ।’

भारतीय प्रहरी पटक पटक नेपाली भूमिमा प्रवेश गरेको र नेपाल भारतको सम्बन्धलाई असर पर्ने गरी गतिविधि गर्न थालेको पनि पूर्व गृहमन्त्री रावलले भने। यसअघि पनि भारतीय प्रहरीहरु नेपाल आएका थिए। नेपाल भारत सीमा क्षेत्रमा भारतीय प्रहरीको आवतजावत हुने गरेको छ। केही दिन अघि मात्रै पशुपतिनाथको दर्शन गर्न भन्दै हतियारसहित आएका ६ जना भारतीय प्रहरीलाई हेटौंडाबाट नेपाल प्रहरीले रक्सौल पठाएको थियो।

नेपाल भारत सीमा क्षेत्रमा भने भारतीय प्रहरीहरु निर्वाध रुपमा आवत जावत गर्ने गरेका छन्।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad