coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हुरी पीडितद्धारा गाउँपालिका घेराउ, अध्यक्ष समर्थकसँग झडप

बारा– फेटा गाउँपालिकाको भलुही भरवलियाका हुरी पीडितहरुले घर निर्माणको सूचीमा नाम छुटेपछि सोमबार फेटा गाउँपालिका कार्यालय घेराउ गरेका छन्। हुरी पीडितहरुले गाउँपालिकाको कार्यालय घेराउ गर्ने क्रममा गाउँपालिका अध्यक्षका समर्थकसँग झडप भएको थियो।

झडपमा परि श्री प्रसाद बैठाको टाउकोमा चोट लागेको छ भने कार्यालयका फर्निचरसमेत तोडफोड गरेको बारा प्रहरीले जनाएको छ। बाराका प्रहरी उपरिक्षक सानुराम भट्टराईले घर निर्माणमा नाम छुटेका भरवलियाका हुरी पीडितहरुले फेटा गाउँपालिका कार्यालय घेराउ गर्न पुग्दा समान्य विवाद भएको बताए।

हुरीबाट क्षति भएको घर निर्माण हुन नदिनको लागि वडाध्यक्ष र गाउँपालिका अध्यक्षले चलखेल गरेर धेरै पीडितहरुको नाम छुटाएका भरवलियाका बैजनाथ प्रसादले बताए। उनले गाउँपालिका प्रमुख र वडाध्यक्ष नजिकका व्यक्तिहरुको घर निर्माण सेनाले गरेपनि अन्यहरुको घर निर्माण कार्य रोकिएको बताए।

गाउँमा सोर्स भएको र हुरीमा कम क्षति भएकोे केही स्थानीयहरुको घर निर्माण कार्य शुरु भएपनि उनीहरु भन्दा बढी क्षति भएको स्थानीयहरुको घर निर्माण हुन रोक्न खोजिएको भन्दै त्यसको विरोधमा गाउँपालिकाको घेराउ गर्न बाध्य भएको उनले बताए। घर कटौती भएका स्थानीयहरुले वडा कार्यालयमा तालाबन्दी गरेपनि त्यसको कुनै सुनुवाई नगरिएपछि गाउँपालिका कार्यालय पुगेर विरोेध प्रदर्शन गर्नु परेको उनले बताए।

गएको चैत्र १७ गते आएको हावाहुरीमा परि भलुही भरवलियाका चार सय जति घरहरु क्षति भएको फेटा गाउँपालिकाले जनाएको छ।

फेटा गाउँपालिका प्रमुख अमिरीलाल प्रसाद साहले बाराका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले भलुही भरवलियाका हुरी पीडितहरुको निर्माण हुने घर कटौती गरेको आरोप लगाए।

प्रकाशित: २ असार २०७६ १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App