प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी अर्धचेत

सोमबार, ०२ असार २०७६, १९ : २० टंक क्षेत्री

सर्लाही– जिल्ला स्थित एक सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापकको कुटाइबाट सोमबार एक विद्यार्थी अर्धचेत भएका छन् भने अन्य ५ जना सामान्य घाइते भएका छन्।

बरहथवा नगरपालिका–१ हजरियाको सहनी टोलास्थित बागमती सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापक महेन्द्र रायको कुटाइबाट कक्षा ३ मा अध्ययनरत संजीव सहनी अर्धचेत भएका हुन्। प्रअ रायले आफू सहित अन्य ५ जना विद्यार्थीलाई कुटेको घाइते संजीवले बताए। प्रअ रायको कुटाइबाट अर्धचेत बनेका संजिवको बरहथवा बजारस्थित भेनस अस्पतालमा उपचार भइरहेको छ। संजीवलाई हाल स्लाइन पानी चढाउने लगायत उपचार भइरहेको अस्पतालले जनायो।

‘बिहान लाईनमा बस्दा भनेअनुसार नगरेको भन्दै सरले पहिला लाठीले पिट्नुभयो र लाठी भाँच्चिएपछि मुक्का प्रहार गर्नुभयो’, संजीवले भने, ‘त्यसपछि म भक्लकै ढलेँ, केही थाहा भएन, अस्पतालमा उपचार भइरहेको रहेछ।’ प्रअ रायले आफूसँगै ३ कक्षामै अध्ययनरत तेतरी देवी, विसुन्दर सहनी, सन्तानु सहनी, विवेक सहनी लगायतलाई समेत निर्घात कुटपीट गरेको संजीवले बताए।

वडा नं. १ का वडा अध्यक्ष रत्नबहादुर गिरीले प्रधानाध्यापकले साना विद्यार्थीमाथि निर्घात कुटपिट गरेर मावन संवेदनाहीन काम गरेको बताए। वडाध्यक्ष गिरीले भने, ‘अब यसरी प्रधानाध्यापकले नै निर्घात कुटपीट गरेपछि विद्यार्थी डरले के आउलान र विद्यालय चलाउनु।’

बिहान लाइनमा बस्ने क्रममा सिधा नबसेको र पिटी खेलाउने क्रममा भनेअनुसार नगरेको भन्दै प्रधानाध्यापकले विद्यार्थी माथि कुटपिट गरेको सोही विद्यालयका शिक्षक भूनेश्वर सहनीले बताए।

प्रअ रायले भने आफूले विद्यार्थीमाथि निर्घात कुटपीट नगरेको दाबी गरेका छन्। ‘मैले पिटी खेलाउने क्रममा भनेअनुसार नगरेपछि अनुशासन कायम राख्न सामान्य कुटपिट गरेको हुँ’, प्रअ रायले दाबी गरे, ‘निकैबेर पिटी खेलाएपछि विद्यार्थीहरु थाकेर लडेका हुन सक्छन्, कुटाईबाटै भने कोही पनि लडेका छैनन्।’

यसअघि पनि पटक–पटक विवादमा आइरहेका प्रअ राय पुनः विद्यार्थीमाथि निर्घात कुटपिट गरेर विवादमा फसेका छन्। बरहथवा–१०, भवानीपुर स्थित सामुदायिक प्राविमा प्रअ हुँदा रायले आफ्नै छोरीलाई बालविकास सहयोगीमा नियुक्त गरि ११ वर्षदेखि घरमै राखेर हाजिर गराएर तलब खुवाएको भन्दै विवादमा आएका थिए। केही महिनाअघि मात्र नगरपालिका कार्यालयले उनको छोरीलाई सेवाबाट बर्खास्त गरेको छ भने उनको समेत केही महिना तलबभत्ता रोक्का गरेको थियो। डेढमहिना अघि मात्र प्रअ राय सहनी टोला स्थित विद्यालयमा सरुवा भएर आएका थिए।





यसमा तपाईको मत

अन्य समाचार

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हरेक मानिसको फिंगरप्रिन्ट बेग्ला बेग्लै भएजस्तै कुकुरको पनि नाकको छाप बेग्ला बेग्लै हुनेगर्दछ । ...

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा शैक्षिक मेला सम्पन्न भएको छ। इक्यान शैक्षिक मेलाको १३ औ संस्करणलाई साठी...

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

सिप्रदी ट्रेडिङ्ग प्रा. लि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ। ...

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो। ...

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना संचालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले...

Ncell Footer Ad