राउटेलाई अब नागरिकता

सोमबार, ०२ असार २०७६, १८ : ५५ नगेन्द्र उपाध्याय

सुर्खेत–जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले गुराँस गाउँपालिकाले अघिल्लो वर्ष वितरण गरेको परिचयपत्रका आधारमा नागरिकता दिने निर्णय गरेको हो। सोमबार सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सचिव डा. मानबहादुर विकेले दैलेखको गुराँस गाउँपालिकाले वितरण गरेको परिचयपत्रका आधारमा नागरिकता दिइने बताए।

अघिल्लो वर्ष राउटे समुदायलाई सामाजिक विकास मन्त्रालयको सहकार्यमा गुराँस गाउँपालिकाले परिचयपत्र वितरण गरेको थियो। ‘सामाजिक सुरक्षा भत्ता वितरणका साथै अन्य सरकारी कामकाजमा पनि सहजता हुने भएकाले नागरिकता वितरण गर्ने निर्णय गरिएको हो’ सचिव डा. विकेले भने, ‘राउटेसँग काम गरिरहेका सरोकारवालाहरुसँगको समन्वय र सहकार्यमा यसलाई अघि बढाउँछौं।’

राउटे समुदायले गुराँस गाउँपालिकाको स्थायी बासिन्दाका रुपमा नागरिकता पाउने छन्। ‘जहाँबाट परिचयपत्र लिएका हुन्, त्यहीँको ठेगाना राखेर नागरिकता दिने प्रक्रिया सुरु गरिएको हो’ दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मी बास्तोलाले भने, ‘प्रक्रिया पु¥याएर बस्तीमै नागरिकता वितरण गर्न जान्छौं।’

गुराँस गाउँपालिका–८ को गर्चाखोला स्थायी ठेगाना राखेर गाउँपालिकाले परिचयपत्र वितरण गरेको थियो। राउटे समुदाय अहिले गुराँस गाउँपालिका–५ को कान्छीबजारमा बसेका छन्। राउटे समुदायसँग काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) का अनुसार राउटे समुदायको जनसंख्या १४६ छ। ती मध्ये ६० वर्षमाथिका २५ जना छन् भने ६४ जना बालबालिका छन्।

राउटे बस्ती हेर्न शुल्क तिर्नुपर्ने
गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि बस्ती हेर्न जानेसँग शुल्क लिन थालेको छ। जथाभावी राउटे बस्तीमा प्रवेश गर्दा उनीहरुको संस्कार र संस्कृति हराउँदै गएको र विकृति पनि बढ्दै गएकाले शुल्क लिने व्यवस्था गरिएको अध्यक्ष खेमराज वलीले जानकारी दिए। उनले बस्ती प्रवेशका लागि शुल्क लिन थालेदेखि राउटे बस्तीमा जथाभावी प्रवेश गर्नेको संख्या घटेको बताए। गाउँपालिकाले गाउँपालिकाभित्रका नागरिकका लागि १० रुपैयाँ, नेपाली नागरिकका लागि २० रुपैयाँ, विदेशी नागरिकका लागि पाँच सय रुपैयाँ, अडियो, भिडियो र क्यामराका लागि एक हजार रुपैयाँ शुल्क तोकेको छ।

‘राउटे बस्तीमा प्रवेश गर्नेहरुका लागि शुल्कको व्यवस्था गरिएसँगै जथाभावी प्रवेश गर्नेहरुको संख्या घटेको छ’ अध्यक्ष वलीले भने, ‘टिकटबाट उठेको रकम राउटे समुदायको उत्थान र संरक्षणमा लगाउँछौं।’ अहिले राउटे समुदाय बसेको क्षेत्र गुराँस–५ कान्छीबजारको खुला चौरलाई डोरीको सहायताले घेरबार गरिएको छ। नगरपालिकाले बस्ती प्रवेश गर्नेहरुका लागि शुल्क उठाउन दुई जना कर्मचारी खटाएको छ।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad