नेप्से परिसूचकमा सामान्य सुधार

सोमबार, ०२ असार २०७६, १८ : २० नागरिक

काठमाडाैं– लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचकमा आज भने सामान्य सुधार देखिएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६३ बिन्दुले वृद्धि भई एक हजार २६०.९० अङ्कमा पुगेको छ। त्यस्तै ठूला कम्पनीका कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ ले वृद्धि भई २७०.२६ अङ्कमा पुगेको छ। परिसूचक सामान्य सुधार भए पनि कारोवार रकम भने घटेको छ।

कूल १७३ कम्पनीका १३ लाख ७३ हजार १३० कित्ता शेयर ४० करोड ३५ लाख ३८ हजार १४७ रुपैयाँमा खरीद बिक्री भए । स्टकका अनुसार कूल ११ उपसमूहको कारोवार भएकामा आज तीन उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ। विकास बैंक २.७६, लघुवित्त ३.१९ र जीवन बीमा १८.८४ बिन्दुले घट्दा बैंकिङ १.७, होटल १२.८८, जलविद्युत् ८.८९, वित्त २.०६, निर्जीवन बीमा ३७.२७, उत्पादन २८.३२, अन्य २.२७ र सामूहिक लगानी कोष ०.०५ अङ्कले बढेको छ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी शेयर कारोवार भएको छ। बैंकको प्रतिकित्ता ३२४ रुपैयाँका दरले तीन करोड २९ लाख तीन हजार ३२० रुपैयाँमा कारोवार भई शीर्ष स्थानमा रह्यो। यस्तै शिवम् सिमेन्ट प्रतिकित्ता ६५६ रुपैयाँका दरले तीन करोड २२ लाख ७८ हजार ४८१रुपैयाँ, प्रभू बैंक प्रतिकित्ता २६६ रु का दरले दुई करोड ३१ लाख २९ हजार २८१रुपैयाँ , सिद्धार्थ बैंक लिमिडेट प्रतिकित्ता ३२०रुपैयाँ का दरले एक करोड ८२ लाख ४८ हजार ९२रुपैयाँ, कृषि विकास बैंक प्रतिकित्ता ४०३ रुपेयाँ का दरले एक करोड ७३ लाख ६२ हजार २९८ रुपेयाँमा कारोवार भई शीर्ष स्थानमा रह्यो।

अरुण भ्याली हाइड्रो पावर कम्पनीका शेयरधनीले ६.७३ प्रतिशतले कमाउँदा गुर्खाज फाइनान्स ५.१३, गुराँस लघुवित्त वित्तीय संस्था ४.९६, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४.८९ र सिद्धार्थ इक्वुटी ओरियन्टेड स्किमका लगानीकर्ताले ४.४६ प्रतिशतले कमाए। त्यस्तै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ४.८, युनियन हाइड्रो पावर लिमिटेड ४.६६, गुडविल फाइनान्स कम्पनी ४.४७, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ४.३७ र समिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.८४ प्रतिशतले गुमाए। यस्तै स्टकमा आज नविल बैंक लिमिटेडको ९६ लाख ८६ हजार २४४ कित्ता शेयर लाभांश सूचीकृत भयो।





यसमा तपाईको मत

अन्य समाचार

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

Ncell Footer Ad