८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कारबाहीमा चार आतङ्ककारी मारिए

काबुल– अफगानिस्तानको कुन्दुज प्रान्तको चाद्रारा जिल्लामा लुकेर बसेका तालिवान लडाकूविरुद्ध सोमबार भएको सैन्य कारबाहीको क्रममा चार जना लडाकू मारिएका छन्।

स्थानीय समयानुससार सोमबार विहान सबेरै ३ बजे सो कारबाही शुरु भएका थियो। सो इलाकामा पुनः कब्जा गर्ने क्रममा आतङ्ककारीहरुले केही गाउँहरुको समेत हत्या गरेका बताइएको छ। प्रान्तीय प्रहरी प्रवत्ता इनामसदिन रहमानी सोमबार सो जानकारी दिएका छन्। यस कारबाहीको क्रममा तालिबान लडाकूसँग रहेको हातहतियार बमहरु समेत बरामद गरिएको छ।

यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको जनाइएको छ। कुन्दुज प्रान्तका केही भागमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस कारबाही कुनै पनि टिप्पणी गरेका छैनन्। रासस

प्रकाशित: २ असार २०७६ ११:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App