coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गुठी विधेयकको आन्दोलनमा सहभागी हुन सत्ता साझेदारी दलकै आग्रह

फाइल फोटो

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको सत्ता साझेदार समाजवादी पार्टी, नेपालले पनि गुठी विधेयकविरुद्धको आन्दोलनमा सहभागी हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ।

समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधानको प्रस्तावना प्रतिकूल हुने गरी आएको सो विधेयकविरुद्धको आन्दोलनमा सहभागी हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका हुन्। सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संचारकर्मीमाझ उनले सो विधेयक संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ल्याउनुपर्नेमा अन्य मन्त्रालयले ल्याएकोमा पनि आपत्ति जनाए।

सहअध्यक्ष श्रेष्ठले गुठीको मर्ममाथि नै प्रहार हुने गरी आएको सो विधेयक मान्य नहुने पार्टीका अडान रहेको पनि बताए। संविधानले गुठी विधेयकको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेशलाई दिएकाले यसमा संघीय सरकारले कुनै कदम चाल्न नमिल्ने उनको तर्क छ।

प्रकाशित: २ असार २०७६ १०:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App