coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीले लिए लोकसभा सदस्यको सपथ

नयाँदिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार सपथ लिएका छन्। उनी उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट लोकसभाको सदस्यमा निर्वाचित भएका थिए । सोमबार नै अस्थायी सभामुख चुनिनु भएका विरेन्द्र कुमारले  प्रधानमन्त्री मोदीलाई संसद

सदस्यको सपथ ग्रहण गराउनु हुन्। भारतीय लोकसभाको १७औं बैठक सोमबार नै शुरु भएको हो । संविधान अनुसार संसदीय दलको नेताको रुपमा मोदीले पहिलो सांसदको सपथ लिनु भएको हो । नयाँ लोकसभाका नवनिर्वाचित सांसदहरुले पछि पालैपालो सपथ लिनेछन् । सांसदहरुले सपथ गराउने कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

लोकसभाका सदस्यका रुपमा निर्वाचित हुनुभएका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र कानुन मन्त्री रवि शंकर प्रसादले भने सपथ लिएका छन् । लोकसभाको सभामुखको चयन भने जुन १९का दिन हुनेछ । राष्ट्रपति रामनाथ कोबिन्दले जुन २० तारिखका दिन संसदको दुबै सदनलाई सम्बोधन गर्नेछन् । नयाँ सरकारले केन्द्रीय बजेट आगामी जुलाई ५ का दिन संसद समक्ष प्रस्तुत गरिने कार्यतालिका रहेको छ ।
 

प्रकाशित: २ असार २०७६ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App