coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भूमि विधेयकले सुकुम्बासी समस्या समाधान नगर्ने विज्ञकाे दाबी

काठमाडाैं– विज्ञहरुले सरकारले ल्याएको भूमिसम्बन्धि विधेयकले सुकुम्बासी समस्या समाधान नगर्ने दाबी गरेका छन्। भूमि विज्ञ जगत बस्नेतले भूमिहिनहरुलाई घरबासको तत्काल व्यवस्था हुने गरी कानुन बनाउन पनि सरकारसँग माग गरेका थिए। उनले भूमिहिनहरुले भोग चलन गर्दै आएको जग्गा उनीहरुले नै प्रयोग गर्न पाउने कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए। सोमबार संघीय संसदको कृषि, संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमबारको बैठकमा 'भूमि सम्बन्धि विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले भूमिहिनहरुको समस्या समाधान हुने गरी कानुनी व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने पनि स्पष्ट पारे।

भूमि तथा सहकारी विज्ञ केशव बडालले भूमिहिनहरुको समस्या अझै समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरे। उनले हिमाल, पहाड र तराईको उर्वरायुक्त जमिन बाँझो बस्न नदिने नीति तय गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। बडालले हिमाल, पहाड र तराईमा जग्गाको हदबन्दी तोक्दा फरकफरक मापदण्ड बनाउन पनि सरकारलाई सुझाव दिए।

विज्ञहरुले दाङ, बाँके, बर्दियामा रहेका भूमिहिनको समस्या समाधानका लागि बसोबास आयोगले दिएको सुझावलाई कार्यान्वयनमा ल्याउन पनि सरकारलाई सचेत गराएका थिए।

प्रकाशित: २ असार २०७६ ०७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App