८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस सांसदले गरेको उधोग मन्त्रालयको १ रुयैयाँ खर्च प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले औद्योगिक वातावरण निर्माण भन्दा कार्यकर्ता पोस्ने गरि बजेट विनियोजन भएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गर्न गर्न प्रस्ताव पेश गरेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गतको छलफलमा सहभागी हुदै उनले आपूर्ति मन्त्रालयको खर्च घटाई १ रुपैयाँ कायम गर्न प्रस्ताव गरेका हुन्। चालु आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सरकारले एक महिनामा मकै गोड्ने, झार उखेल्ने र गाई समाउने कामका लागि २ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको भन्दै उनले बजेटको दुरुपयोग रोक्न माग गरे। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहयोग गर्ने ठूला मन्त्रालयहरु मध्येको एक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि रहेको भन्दै उनले औचित्यहिन खर्च घटाउन माग गरे।

उनले भने “कामदारलाई हेलमेट दिएछ। ज्याकेट लगाईदिएछ। बुट लगाईदिएछ यो गर्मिमा पनि। हातमा काम गर्ने औजार चाही बेल्चा दिएछ।  काम के लगाएछ भन्दा मकै गोड्न। यो हेरिसकेपछि प्रतिपक्षीलाई मात्रै कुरी कुरी लागेन होला।”

मकै गोड्ने, नाली सफा गर्ने , झार उखेल्ने, सडकको गाई धपाउने , स्कुलका आँगन बडार्ने लगायत काम गराएर बजेटको दुरुपयोग भएकोमा आम नेपाली जनताले सरकारलाई कुरी कुरी गरिरहेको दाबी उनले गरे।

उनले भने “म प्रतिपक्षी भएर होइन आम नेपाली जनताले कुरी कुरी गरिरहेका छन् सरकारलाई।” उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उपलब्धिमुलक नभई पर्व र उत्साहको रुपमा मनाईएको आरोप लगाए। उनले भने “बेल्चाले मकै बारे फाड्ने काम। त्यो गोड्ने होइन। बेल्चाले मकै गोडेको मलाई थाहा छैन। बरु हलोले जोत्नेसम्म देखेको छु । बेल्चाले मकै गोड्दा भएको बाली पनि नष्ट गर्ने काम भएको छ।”

 

प्रकाशित: २ असार २०७६ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App