सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जना सर्वसाधारणको मृत्यु

सोमबार, ०२ असार २०७६, १२ : २९ एजेन्सी

दमास्कस– सिरियाको उत्तरपश्चिमी एक गाउँमा विद्रोही लडाकूहरुले आइतबार गरेको क्षेप्यास्त्र प्रहारबाट कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु भएको छ। सिरियाली सरकारी समाचार संस्था (साना) का अनुसार अल–कायदा सम्बद्ध हायात तहरिर अल–शामले उक्त आक्रमण गरेको हो।

अलेप्पो शहरको दक्षिणमा रहेको अल–वादिही गाउँमा गरिएको क्षेप्यास्त्र आक्रमणबाट अरु १५ जना गाउँले घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ। मानव अधिकारका लागि सिरियाली अब्जरभेटरीले पनि गाउँलेहरुको हत्या भएको जनाउँदै आक्रमणबाट पाँच जना बालबालिका पनि मारिएको बताएको छ।

अलेप्पोको ग्रामीण इलाकामा लुकेर बसेका विद्रोहीले नै आक्रमण गरेको अब्जरभेटरीले जनाएको छ। अलेप्पोसँग सीमा जोडिएको हामा प्रान्तको ग्रामीण इलाकामा पनि सरकारी फौज र विद्रोहीबीच संघर्ष जारी छ। यहाँ शनिबार भएको भिडन्तमा ३५ जना लडाकू मारिएका थिए। अलेप्पो, हामा र इडलिब प्रान्तलाई विद्रोही र सरकारी फौजबीच मध्यवर्ती क्षेत्रका रुपमा राख्न रुस, सिरिया र टर्कीबीच गएको सेप्टेम्बर महिनामा सहमति भएको थियो। तर यस सम्झौताको पूर्ण पालना भएको छैन। विद्रोहीहरुले तोकिएको क्षेत्रबाट हातहतियार फिर्ता लैजान अस्वीकार गरेका छन्। सन् २०११ देखि शुरु भएको सिरियाको गृहयुद्धका कारण तीन लाख ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।रासस








यसमा तपाईको मत

अन्य समाचार

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad