८ वैशाख २०८१ शनिबार
समाज

उपत्यकाभित्र गुण्डागर्दीमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं– उपत्यकामा गुण्डागर्दीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यकाका व्यवसायीहरुलाई डर, धम्कि, त्रास देखाई जबरजस्ती रकम माग्ने र नदिए आफूले ज्यानसमेत लिने धम्की दिने गरेका पुरानो बानेश्वर बस्ने ४६ वर्षका सत्यनारायण मानन्धरलाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरी टोलीले पक्राउ गरेको छ। आइतबार पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि महानगरीइ प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका मानन्धर २०४८ सालमा धरान घरभई नयाँ बारेश्वर कात्यायनी चोक बस्ने कालिबहादुर राईको हत्या गरी २०५० असार ७ देखि ४ वर्ष ३ महिना जेल सजाय भोगी २०५४ सालमा छुटेको देखिएको पनि पनि प्रहरीले जनाएको छ।

प्रकाशित: ७ वैशाख २०७३ ०३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App