८ वैशाख २०८१ शनिबार
राजनीति

अझैं बाँकी छन् युद्धका अवशेष

तत्कालिन द्वन्दमा बनायएको बंकरहरु। तस्बिर: दिनेश सुवेदी/नागरिक

रोल्पा - तत्कालिन माओवादीले सशस्त्र द्वन्द्वका समयमा गरिएका युद्ध अभ्यासका केहि अवशेषहरु अहिले पनि रोल्पाका ठाउँ ठाउँमा भेटिन्छन्। युद्धका लागि बनाइएका बंङकरहरु आज पनि जिल्लाका विभिन्न गाउँमा छन्। रणनैतिक प्रत्याक्रमणका नाममा ‘सुरुङ वार’ गर्ने भन्दै गाउँ गाउँमा दर्जनौ बंङकरहरु खनिएका थिए। 

२०६०/०६१ साल तिर रोल्पाका विभिन्न गाउँमा दर्जनौ बंङकर खनिएका हुन्। एक माओवादी कार्यकर्ता भन्छन् ‘खाली चौर देख्यो भने अंग्रेजी सी, टी, वाई, भी, ओ आकारका बंङकर खन्थ्यौ। अनि खाली ठाउँ देख्यो भने हेलिकप्टर नबसोस भनेर काठ गाड्ने चलन थियो।’ जिल्लामा खनिएका ति बंङकरहरु धेरै ठाउँमा पुरिइसकेका छन्। बंङकर र युद्धसंग सम्बन्धित सबै कुराको संरक्षण गर्नु पर्नेमा स्थानीय सरकारले खासै चासो नदेखाएको गुनासो आई रहदा माडी गाउँपालिकाले पर्यटकिय स्थल बनाउने तयारी गरिरहेको छ।

माडि गाउँपालिकाको वडा न। ६ कोर्चावाङ स्थित जेठ पुण्य धुरीमा युद्धकालको तालिम केन्द्र र आसपासमा दर्जनौ बंङकरहरु रहेका छन्। ‘अघिल्लो वर्षको बजेटले जेठ पुण्य धुरी सम्म सडक खनियो। यहाँ धार्मिक पर्यटन, युद्ध पर्यटन र प्राकृतीक पर्यटनका लागि गाउँपालिकाले काम सुरु गरेको छ। हामी यसलाई पर्यटकिय स्थल बनाउछौ।’ माडि गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले भने ‘हामी युद्धसंग सम्बन्धित सबै कुराको संरक्षण गर्ने पक्षमा छौ। डिपिआर भइसकेको छ।’

नागरिक तहबाट पनि युद्धसंग सम्बन्धित कुराहरुको संरक्षण गर्नु पर्नेमा आवाज उठ्न थालेको छ। ‘त्यो त एउटा इतिहास हो नि। पर्यटन, द्वन्दकालीन संरचनाको संरक्षण गर्नु पर्छ। तालिम केन्द्र रहेको यो ठाउँमा २०६१ सालमा ठूलो भिडन्त भएको थियो।’ पत्रकार तथा नागरिक अगुवा खेम बुढा भन्छन् ‘युद्ध पर्यटनसंगै धार्मिक पर्यटन र पर्या पर्यटनका हिसाबले पनि यो ठाउँ उपयुक्त छ।’

जिल्लाका कतिपय गाउँमा संरक्षण नगरिएपछि बंङकरहरु करिब करिब पुरिएर हराई सकेका छन्। यसै बिच रोल्पाको परिवर्तन गाउँपालिका ५ रांकोट गोरिचौरमा वडा पालिकाले पनि ति बंङकरहरुको संरक्षण गर्न थालेको छ। ‘राज्यले बंङकरहरु र युद्धसंग सम्बन्धित अन्य कुराहरुको संरक्षणमा चासो दिएन। अरु नसके पनि यहाँ भएका बंङकरहरुको हामीले संरक्षण गर्ने प्रयास गर्दै छौ।’ परिवर्तन गाउँपालिका ५ रांकोटका वडा अध्यक्ष सुक बहादुर बुढाले भने।

करिब ८ लाखको लगानीमा वडा पालिकाले सहीद स्मारक बनाउँदै छ। बंङकरहरुको बिचमा मृतक बेपत्ताको नाम नामेसी लेखेर उनीहरुको संझनामा स्मारक बनाउन थालिएको हो। वडा अध्यक्ष बुढाका भन्छन् ‘यो वडाका ११ जना मृतक मध्य ७ जना सहिद हुनुहुन्छ। २ जनालाई सेनाले बेपत्ता बनाएको हो। उहाँहरुको नाम ठेगाना लेखेर स्मारक बनाउदै छौ। तारबार गरेर बंङकरहरुको पनि संरक्षण गरिने छ।’

पटक पटक ठूला साना दर्जनौ दोहोरो भिडन्त भोगेको रांकोट गोरिचौरमा अन्यत्र जस्तै युद्धका निसानीहरु अरु पनि छन। स्वास्थ्य चौकिका भित्ताहरुमा गोलीले पारेका प्वाल, सरिरमा गोली बोकेर बाचिरहेका घाइते, आफन्त गुमाएकाहरु, बेपत्ताका परिवार सबै छन्। तर ति सबैमा भने कसैको ध्यान गएको छैन।

प्रकाशित: २ असार २०७६ ०४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App