८ वैशाख २०८१ शनिबार
कला

‘पायल’को शुभसाइत

काठमाडौं – फाल्गुनन्द लिङ्देन फिल्म्स्ले निर्माण गर्न लागेको फिल्म ‘पायल’ को शुभसाइत गरिएको छ। आगामी शुक्रबारदेखि छायांकन सुरु हुने फिल्म उपत्यकालगायत पूर्वका केहि ठाउँमा छायांकन गरिनेछ।

राजधानीमा सोमबार एक कार्यक्रमकाबीच फिल्मको शुभसाइत गरियो। फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देनले समाजमा घटिरहेका विद्यमान आपराधिक घटनाहरूलाई समेटेर थ्रिलर फ्लेभरको फिल्म बनाइने बताए।

कविता राई लिङ्देनको लगानी रहने फिल्ममा रिया श्रेष्ठ, ध्रुव न्यौपाने, राजकुमार लिङ्देन नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुब्बा, हस्त लिवाङ, दिलिप ठकुरी, आर पि दाहाल, अर्मान खान र एन्जिस प्रसाईंको मुख्य भूमिका रहनेछ।

फिल्मका लागि नवनायक नरेन्द्र सेन्दाङ अमेरिकाबाट  नेपाल आएका छन्। सेन्दाङ निजी व्यावसाय  गर्दै विगत १५ वर्ष देखि अमेरिकामा बस्दै आएका छन्। उनकै पहलमा नेपालअघि फिल्मलाई हङकङ, अमेरिका, सिंगापुर, बेल्जियम प्रदर्शन गरिनेछ। सुमित लिङ्देन र सुदिता लिङ्देन प्रस्तुतकर्ता रहेको फिल्ममा विकास चौधरीको संगीत, ज्ञानु राईको छायांकन, कुमार श्रेष्ठको द्वन्द्व, दिनेश माङ्मुको नृत्य रहनेछ।

प्रकाशित: २ असार २०७६ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App