coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

साकिबको लय बंगलादेशलाई प्रेरणा

इङ्ल्यान्ड – बंगलादेशका लागि जारी विश्वकपमा खासै राम्रो प्रदर्शन हुन नसके पनि अलराउन्डर साकिब अल हसनले आफ्नो उपस्थितिलाई भने दरिलो साबित गरिरहेका छन्। विश्व वरीयताको अलराउन्डर सूचीमा शीर्ष स्थानमा रहेका साकिबले बलिङमा खासै जादु  देखाउन नसके पनि ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। साकिबले आफ्नो स्पिनको जादुबाट तीन ब्याट्सम्यानलाई मात्र सिकार बनाउन सकेका छन्। दक्षिण अफ्रिकालाई हराउँदै विश्वकपमा उत्कृष्ट सुरुआत गरेको बंगलादेशका लागि साकिबले अलराउन्ड प्रदर्शन गरेका थिए।

उक्त खेलमा उनले एक विकेट लिएका थिए। ब्याटिङतर्पm भने साकिबले उत्कृष्ट प्रदर्शन गर्दै ७५ रन बनाएका थिए। उनको प्रदर्शनप्रेरित बंगलादेशले दक्षिण अफ्रिकाविरुद्ध २१ रनको जित निकालेको थियो। त्यसपछिका दुई खेलमा बंगलादेशले हारको सामना गरे पनि साकिबको प्रदर्शन भने यादगार बनिरहेको छ। न्युजिल्यान्डविरुद्धको खेलमा पनि साकिबले अलराउन्ड प्रदर्शन गरेका थिए।

सो खेलमा उनले ६४ रनको योगदान दिँदा बलिङतर्पm पनि दुई विकेट लिएका थिए। यद्यपि, उक्त खेलमा जितनजिक पुगेर पनि बंगलादेश २ विकेटले पराजित भयो। इङ्ल्यान्डविरुद्धको खेलमा पनि साकिबले उत्कृष्ट ब्याटिङ गरे। उनले बनाएको १ सय २१ रनको यादगार इनिङ  विश्वकपमा अझै पनि चौथो सर्वाधिक व्यक्तिगत स्कोर हो। सो खेलमा बलिङतर्पm भने साकिब चल्न सकेनन्।

श्रीलंकाविरुद्धको चौथो खेल भने वर्षाका कारण हुन सकेन। साकिबले विश्वकपमा हालसम्म तीन खेलबाट ८६.६६ को औसतले २ सय ६० रन बनाइसकेका छन्। उनी विश्वकपको सर्वाधिक स्कोरकर्तामा चौथो स्थानमा  छन्। उनले एकदिवसीय क्रिकेटको २ सय १ खेलमा ५ हजार ९ सय ७१ रन बनाएका छन्। बलिङतर्पm पनि त्यति नै खेल खेलेका साकिबले २ सय ५२ विकेट लिँदा ४.४५ को रनरेटमा रन खर्चिएका छन्। पछिल्ला समय राम्रो लयमा प्रदर्शन गरिरहेका साकिबले वेस्ट इन्डिजविरुद्धको खेलमा पनि सोही किसिमको प्रदर्शन दोहो¥याउन सक्छन्। वेस्ट इन्डिजका बलर र ब्याट्सम्यान दुवै उनीसँग सहज भएर खेल्नेछन्। फिल्डिङतर्पm पनि उनले राम्रो प्रदर्शन गरिरहेका छन्।

प्रकाशित: २ असार २०७६ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App