coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अर्जेन्टिना कोलम्बियासँग स्तब्ध

साल्भाडोर – रोजर मार्टिनेज र डुवान जापाटाको गोलपे्ररित कोलम्बियाले आइतबार कोपा अमेरिकामा अर्जेन्टिनालाई २–० ले हराएको छ। समूह ‘बी’ अन्तर्गत कोलम्बियालाई नतिजा सुम्पिएसँगै लामो समयपछि अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय उपाधि जिताउने लियोनल मेसीको लक्ष्य पहिलो खेलमै धरमराएको छ। ७२औं मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई खेलमा अघि बढाएका थिए। खेल सकिन ३ मिनेट बाँकी हुँदा जापाटाले बललाई जाली चुमाउँदै कोलम्बियाको सुखद सुरुआत निश्चित गरेका थिए। २० वर्षपछि कोलम्बियाले अर्जेन्टिनालाई कोपा अमेरिकामा हराएको यो पहिलो पटक हो।

‘हामीले अर्जेन्टिनालाई नहराएको धेरै भइसकेको थियो र यसबारे हामीलाई राम्रोसँग थाहा छ। हामी यो जितले खुसी छौं तर प्रतियोगिता सकिसकेको छैन,’जापाटाले भने, ‘हामी यस जितबाट बटुलेको अनुभव अन्य खेलमा प्रयोग गर्दै उपाधि जित्न चाहन्छांै।’ कठिन मानिएको समूह ‘बी’ मा कोलम्बिया र अर्जेन्टिनासँगै पाराग्वे एसियाली च्याम्पियन कतार रहेका छन्। कतारलाई यसपटक अतिथि टोलीको रूपमा प्रतियोगितामा सहभागिता गराइएको हो।

अर्जेन्टिनाले २६ वर्षयता कुनै प्रमुख उपाधि जित्न सकेको छैन। अर्जेन्टिनाले कोपा अमेरिकाको पछिल्लो २ संस्करणमा चिलीलाई नतिजा सुम्पिएको थियो भने २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग निराश भएको थियो। ‘प्रतियोगितमा विजयी सुरुआत गर्न सकेनांै।तर हामीसँग अझै २ खेल बाँकी छ,’ अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले भने, ‘खेलाडीहरूलाई अझै लामो यात्रा तय गर्न बाँकी छ भन्ने थाहा छ। गल्ती सच्याउँदै स्वाभाविक लयलाई निरन्तरता दिन आवश्यक छ।’

‘पहिला हाफमा हामीले लय गुमाए पनि हामी दोस्रो हाफमा खेलमा पकड बनाउदै धेरैभन्दा धेरै आक्रमण ग¥यौं,’ स्कोलानीले थपे, ‘तर हामी पाएको अवसरको सदुपयोग गर्न चुक्यौ। त्यसको विपरीत कोलम्बियाले सुरुआतबाटै लिएको काउन्टर अट्याकको रणनीति सफल भयांै। उनीहरू पाएका दुईवटा अवसरलाई सदुपयोग गर्न सफल भए।’

अर्जेन्टिना र कोलम्बियाबीचको भिडन्तलाई स्टारले भरिएको अग्रपत्तिको लडाईको रुपमा हेरिएको थियो।अर्जेन्टिनी टोलीमा अग्रपंक्तिको मोर्चामा मेसीसँगै सर्जियो अग्विरो र एन्जेल डी मारिया थिए भने कोलम्बियाली टोलीमा ह्यामेस रोड्रिग्वेज,राडामेल फाल्काओ र हुँवा क्वार्डाडो रहेका थिए। २० वर्षपछि कोलम्बियाले अर्जेन्टिनालाई कोपा अमेरिकामा हराएको यो पहिलो पटक हो।

 

 

प्रकाशित: २ असार २०७६ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App