coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

२४ जना आप्रवासी पक्राउ

क्सिकोको चियापास राज्यस्थित सियुडाड हिडाल्गोमा रहेको ग्वाटेमाला–मेक्सिको अन्तर्राष्ट्रिय सीमा पुलको गेट चढ्दै आप्रवासी । फाइल तस्बिर : एजेन्सी

ग्वाटेमाला – मध्य अमेरिकी मुलुक हाइटी र गिनीबाट संयुक्त राज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला सहरको उत्तरी क्षेत्रको एक बस स्टेसनबाट ती आप्रवासीलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
उनीहरुले होन्डुरसबाट ग्वाटेमाला प्रवेश गर्ने गरी बसमा यात्रा गरेको बताइएको छ । प्रवक्ता कास्टिल्लोले पक्राउ परेकामा छ जना महिला र एक जना बालक पनि रहेको जानकारी दिएका छन् । पक्राउ परेकामध्ये २० जना हाइटी र चार जना गिनीका नागरिक रहेका छन् ।

प्रहरीले पक्राउ गरिएका सबै आप्रवासीलाई ग्वाटेमालाको राजधानीस्थित अस्थायी शिविरमा ल्याइएको जनाएको छ । गत वर्ष मेक्सिको–अमेरिका सीमामा भेला भएका ठूलो संख्याका आप्रवासी ग्वाटेमाला हुँदै अमेरिका गएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने आप्रवासीलाई नरोके ग्वाटेमाला र मेक्सिकोलगायतका देशलाई अमेरिकी सहायता बन्द गर्ने चेतावनी दिँदै आएका छन् । गत शुक्रबार पनि ग्वाटेमाला प्रहरीले क्यामरुन र बुर्किनाफासोका १३ जना आप्रवासीलाई ग्वाटेमालाको सीमामा पक्राउ गरेको थियो ।

 

प्रकाशित: २ असार २०७६ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App