६ वैशाख २०८१ बिहीबार
समाज

घर फोरेर सुत्केरीको हत्या गरि गहना लुटियो

बुटवल-रुपन्देहीको ग्रामीण क्षेत्र देवदहमा अज्ञात समूहको आक्रमणबाट २२ वर्षीया सुत्केरी महिलाको हत्या भएको छ। हत्यामा लुटेरा समूह रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

सोही अनुसार अनुसन्धानकार्यलाई प्रहरीले अगाडि बढाएको छ प्रहरीले जनाएको छ ।

जिल्लाको देवदह नगरपालिका– २ ढेगार, हजरीटोलकी करिब २४ वर्षीया नमकला पाण्डेको गत बिहीबार राति घरमा सुतिरहेको अवस्थामा हत्या भएको थियो ।

दुई महिनाकी सुत्केरीसमेत रहेकी पाण्डेको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा शुक्रबार बिहान मृत्यु भएको हो । लुटपाट गर्न आएको समूहले उनको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा थप अनुसन्धानकार्यलाई अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

प्रहरीका अनुसार लुटेराको समूहले निज महिलाले शरीरमा लगाएका करिब पाँच तोला बराबरका विभिन्न गहनासमेत लुटेर लगेकाले सोही अनुसार अनुसन्धान भइरहेको डिएसपी मरासिनीले बताए । उनले घटनाको थप अनुसन्धानका लागि क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट अनुसन्धानको प्राविधिक टोलीसमेत मगाइएको र छिट्टैनै अनुसन्धानमा सफलता मिल्ने दाबी गरे ।

मृतक पाण्डेका पति वैदेशिक रोजगारीका लागि बिदेशमा छन् ।

राति कोठामा एक्लै सुतिरहेको अवस्थामा ढोका फोरेर लुटपाट गरिएको थियो ।

घरमा अर्को कोठामा सुतिरहेका परिवारले बिहान करिब ३.३० बजे मात्र अत्याधिक रगत बगेको देखेर थाहा पाएका थिए । गम्भीर अवस्थामा रहेकी उनलाई उपचारार्थ अस्पताल पुर्याउँदा मृत्यु भएको बताइएको छ । रासस

प्रकाशित: १३ कार्तिक २०७३ ०६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App