coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

त्रिपक्षीय सम्झौता पुनरावलोकन गर्न बेलायतले मानेन

काठमाडौं - साताव्यापी युरोप भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतसँग सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौता पुनरावलोकन गर्न बेलायत तयार नभएको बताएका छन्। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस विषयमा अफूले बेलायती समकक्षी थेरेसा मेसँग छलफल गरेको बताए। ‘मैले युकेमा प्रधानमन्त्री थेरेसा मेसँग पनि यो विषयमा कुरा गरेको हुँ। हाम्रो विचार वा सोच यो हो भनेर मैले भनेको हुँ। तर त्यो कुरा मात्र संयुक्त वक्तव्यमा आउँछ, जो दुवै पक्षलाई उत्तिकै सजिलोसँग स्वीकार्य हुन्छ। त्यो नभइसकेको अवस्थामा संयुक्त वक्तव्यमा आउँदैन,’ उनले भने।

प्रधानमन्त्री ओलीले त्रिपक्षीय सम्झौता धेरै पुरानो भएको भन्दै त्यसले आजका आवश्यकतालाई निर्देशित वा नियन्त्रित गर्न सक्ने बताए। ‘यो धेरै पुरानो भइसकेको छ, यो स्वभाविक हो कुनै आवेश उत्तेजना होइन’ उनले भने। प्रधानमन्त्री ओलीले त्यो सन्धि भारतबाट ब्रिटिस गोर्खा भनिएका नेपाली दाजुभाइको रेजिमेन्ट बाँडिएका बेलाको भएकाले त्यस कुरालाई त्रिपक्षीयता राख्नुपर्ने आवश्यकता नभएको बताए। ‘हामी दुईपक्षीय सहमतिमा जान सक्छौँ, त्यसका लागि पुनरावलोकन गर्न सक्छौँ,’ उनले भने। ओलीले सम्झौताको समग्र पुनरावलोकनको पक्षमा रहेको भन्दै नेपालले उठाएको त्रिपक्षीय सम्झौता अब आवधिक नरहेको बताए। उनले यसको पुनरावलोकन गर्नुपर्छ भन्ने विषय भेटमा आफूले उठाएको बताए।

प्रकाशित: २ असार २०७६ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App