प्रधानमन्त्रीको युरोप भ्रमण

उपलब्धि कम, घुमफिर बढी

सोमबार, ०२ असार २०७६, ०७ : ४६ नागरिक

काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन्। नेपालका प्रधानमन्त्रीले १८ वर्षपछि पहिलो कूटनीतिक सम्बन्ध विस्तार भएको मुलुक बेलायतलगायतका युरोपेली मुलुकमा भ्रमण गरेकाले भ्रमणलाई महत्वकासाथ हेरिएको थियो। तर अपेक्षाअनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा न त महत्वपूर्ण सन्धिसम्झौता हुन सके न महत्वपूर्ण भेट नै। प्रधानमन्त्री ओलीले निकै महत्वपूर्ण मानिएको बेलायती महारानीसँगसमेत भेट गर्न पाएनन्।

बेलायतले प्रधानमन्त्रीले अघी सारेको त्रिपक्षिय सम्झौता पुनरावलोकनको विषयालई पनि महत्व दिएन। प्रधानमन्त्री स्वदेश फर्किने क्रममा तयार पारिएको प्रेस नोटले पनि उनको भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा भन्दा पनि विभिन्न ठाउँको भ्रमण, अवलोकन र खुद्रा सम्बोधनमा बढी केन्द्रित भएको देखाउँछ। मुलुकका कार्यकारी प्रमुखको महŒवपूर्ण भनिएको भ्रमणबाट कुटनीतिक क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल हुन सकेन्।

प्रधानमन्त्री ओलीको साताव्यापी भ्रमण फलदायी नभएको र कुटनीतिक सम्बन्ध विस्तारमा पनि खासै अर्थपूर्ण नभएको भन्दै उनको आलोचना समेत भइरहेको छ। प्रधानमन्त्री ओलीले भने स्वदेश फर्किने क्रममा आफ्नो भ्रमण फलदायी भएको दाबी गरे। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ बोल्ने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणभन्दा मुलुकभित्र विद्यमान समस्याका बारेमा बोलेका थिए। उनले गुठी विधेयक र त्यसमा प्रतिपक्षिको भूमिकाबारे लामो समय खर्चिएका थिए।

स्विजरल्याण्डको जेनेभास्थित अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजना गरिएको विशेष सम्मेलनलाई सम्बोधन गर्न जेठ २५ गते त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओलीले कार्यक्रममा सम्बोधन गरेपछि बेलायत प्रस्थान गरेका थिए। तीन दिने बेलायत भ्रमण सकेर उनी फ्रान्स पुगेका थिए। प्रधानमन्त्री ओलीले बेलायतमा रहँदा अक्सफोर्ड विश्वविद्यालयस्थित अक्सफोर्ड यूनियनको कार्यक्रममा सम्बोधन गरेका थिए। बेलायमा रहँदा उनले कामचलाउ प्रधानमन्त्री भइसकेकी बेलायती समकक्षी तेरेसा मेसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। त्यसक्रममा औपचारिक भेटवार्ता र छलफल भए पनि कुनै महत्वपूर्ण सममति वा सम्झौता हुन सकेन।

बेलायतमा रहँदा उनले राजनीतिकज्ञ तथा व्यापारीहरूको कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए। उनले ब्रिज अफ गोर्खा हेडक्वार्टरको पनि अवलोकन गरेका थिए। फ्रान्स भ्रमणमा रहँदा पनि उनको भ्रमण कार्यक्रमको सम्बोधन र अवलोकनमै केन्द्रित रह्यो। प्रधानमन्त्री ओलीले जेठ ३० मा फ्रान्सेली समकक्षी इदोआर्ड फिलिपसँग द्विपक्षीय भेट त गरे तर दुईपक्षीय भेटमा कुनै सहमति वा सम्झौता भएनन्। प्रधानमन्त्री ओलीले पेरिसमा हुँदा संग्रालय तथा केवलकार भ्रमण भने गर्न भ्याए। फ्रान्सबाट जेनेभा फर्किएका उनले त्यहाँ पनि विज्ञानसम्बन्धी युरोपेली अनुसन्धान केन्द्रको अवलोकन भ्रमण गरेका थिए।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad