७ वैशाख २०८१ शुक्रबार
समाज

नापी सर्वेक्षकविरुद्ध मुद्दा

काठमाडौं – जग्गा नापजाँच तथा रेखांकनका क्रममा घुस लिएको आरोपमा नापी कार्यालय ललितपुरका सर्वेक्षक उपेन्द्रप्रसद यादव र कार्यालय सहयोगी राजन विष्टविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नापी कार्यालय लगनखेलमा कार्यरत सर्वेक्षक यादवले जग्गा नापजाँच गर्ने क्रममा सेवाग्राहीबाट कार्यालय सहयोगी विष्टमार्फत ३० हजार घुस लिँदालिँदै अख्तियारले पक्राउ गरेको थियो। नापी सर्वेक्षक यादवको निर्देशनमा घुस लिएको बयान विष्टले दिएपछि आयोगले दुवैजनामाथि छानबिन गरेको थियो।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि भएकाले घुसबापत बिगो, जरिवाना तथा कैद सजाय माग दाबीसहित अदालतमा आरोप–पत्र दायर गरिएको आयोगले जनाएको छ। गतसाता मात्रै आयोगले नमुना मच्छिन्द्र विद्यालयको जग्गा व्यक्तिका नाममा दिएको आरोपमा मालपोत कार्यालय लगनखेलका तत्कालीन कर्मचारी सहितका आरोपीविरुद्ध मुद्दा दायर गरेको थियो।

प्रकाशित: २ असार २०७६ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App