८ वैशाख २०८१ शनिबार
समाज

सशस्त्र द्वन्द्वका मृतक तथा बेपत्ता परिवारलाई राहत

खोटाङ – गृह–मन्त्रालयले सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएका तथा बेपत्ता पारिएका परिवारका लागि एक करोडभन्दा बढी राहत रकम पर्छ। सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएका तथा बेपत्ता पारिएका व्यक्तिका नजिकको हकदारलाई प्रदान गर्नेगरी मन्त्रालयले आर्थिक वर्ष सकिन लाग्दा एक करोड २८ लाख ५० हजार रकम पठाएको हो।

२०५२ साल फागुन १ देखि २०६३ साल मंसिर ५ गतेको अवधिमा मृत्यु भएका जिल्लाका एक सय २६ सर्वसाधारण र ३९ सुरक्षाकर्मीमध्ये हालसम्म १० लाख पाउन बाँकी हकदारका लागि सहायता रकम आएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ। सशस्त्र द्वन्द्वको क्रममा मृत्यु भएका तथा बेपत्ता पारिएका व्यक्तिको हकदारलाई हालसम्म पाएको रकम गणना गरी १० लाख रुपैयाँमा नबढ्ने गरी उपलब्ध गराउने सर्तमा रकम आएको सहायक प्रमुख जिल्ला अधिकारी श्याम राईले बताए।

मन्त्रालयले जेठ २३ गते पठाएको पत्रमा हालसम्म सो रकम नपाएका वा रकम पाउनै छुट भएका द्वन्द्वपीडित परिवारले मात्र सो आर्थिक सहायता पाउने उल्लेख छ। द्वन्द्वका क्रममा मृत्यु भएका परिवारलाई राज्यले किस्ता–किस्तामा राहत तथा सहयोग रकम उपलब्ध गराउँदै आएको छ। मृत्यु हुनेका परिवारमध्ये हालसम्म ३८ जनाले मात्र १० लाख लिन बाँकी रहेको प्रशासनले जनाएको छ।

प्रकाशित: २ असार २०७६ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App