७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

तस्बिरमा कुकुर प्रेम (फोटो फिचर)

काठमाडाैं-कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मलाई यमपञ्चक भनिन्छ। पाँच दिनसम्म चल्ने र सबै दिन यमराजसँग सम्बन्धित भएकाले यी पाँचै दिनलाई यमपञ्चक भनिएको हो। यम सूर्यपुत्र हुन्। खासगरी बहुलदेवतामा विश्वास गर्ने पूर्वीय चिन्तनमा यी पाँचदिनलाई काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइ तिहारजस्ता नाम दिई पाँच दिनसम्म धूमधामले चाड मनाइन्छ।

कुकुर तिहार
यमपञ्चकको दोस्रो दिनलाई नरक चतुर्दशी अर्थात् कुकुर तिहार भनिन्छ। कुकुर तिहारका दिन कुकुर पूजा गरिन्छ। कुकरलाई यमराजको दूत र भैरवको वाहन मानिन्छ।

घरको सुरक्षा गर्ने हुँदा कुकुरको बेग्लै महत्व छ। घर पालेको कुकुरको पूजा गरेर, माला लगाएर मीठो खानेकुरा दिने चलन छ।

धार्मिक विश्वास अनुसार यमलोकमा यमराजको ढोकामा पाले भएर बस्ने कुकुरले यमलोक जाँदा बाटो छाडिदिने बताइन्छ।

हेराैं कुकुर पूजाको दिन खिचिएका ‘कुकुर प्रेम’ दर्शाउने तस्बिरः तस्बिरः टेकनारायण भट्टराई

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App