८ वैशाख २०८१ शनिबार
भिडियो

गुठीका नाममा जनतामाथि शोषण भइरहेको छ: प्रधानमन्त्री ओली

काठमाडाैं– सरकारले ल्याउन लागेको गुठी विधेयकलाई लिएर चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले गुठीका नाममा जनतामाथि शोषण भइरहेको बताएका छन्। साताव्यापी युरोप भ्रमण पूरा गरी स्वदेश फर्केका प्रधानमन्त्री ओलीले धर्म संस्कृतिमा असर परेको भए सरकारले गुठी विधेयक सच्याउने बताए। विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै क्रममा प्रधानमन्त्री ओलीले भने,‘धर्म संस्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर विधेयकमा परेको रहेछ भने सरकारले सच्याउँछ।’

गत जेठ २५ गते अन्तर्राष्ट्रिय श्रम संगठनको शतवार्षिकीमा सहभागी हुन जेनेभा गएका ओली युरोपका स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्स भ्रमण गरेर स्वदेश फर्किएका हुन्। स्विटजरल्यान्डमा दुई दिन बिताएका ओली त्यतैबाट बेलायत गएका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न भेटघाट तथा कार्यक्रमहरुमा सहभागिता जनाएका थिए। अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जेनेभामा आफ्नो शतवार्षिकीका अवसरमा आयोजना गरेको विशेष समारोहमा ओली सहभागी भएका थिए। बेलायतमा ओलीले अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका थिए ।राजनीतिक स्थिरता हाँसिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी भएको सरकारी पक्षको दाबी छ।

थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: १ असार २०७६ १६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App