coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागूऔषध र नेपाली रुपैयाँसहित भारतमा एक नेपाली पक्राउ

रौतहट– लागूऔषध र नेपाली रुपैयाँसहित एक नेपाली भारतमा पक्राउ परेका छन्। रौतहटको सदरमुकाम गौरसँग सीमा जोडिएको भारतीय बजार बैरगनियामा भारतीय सुरक्षाकर्मीले एकजना नेपालीलाई प्रतिबन्धित लागूऔषध र नेपाली रुपैयाँसहित पक्राउ गरेको हो।

सीमावर्ती भारतको बैरगनियामा एसएसबीको २० बि बटालियनका जवानले नियमित चेकजाँच गर्दा ठूलो संख्यामा लागुऔषधसहित भक्तपुर कटुञ्जेका ६० बर्षीय हेमप्रसाद दाहाललाई पक्राउ गरेको हो। दाहाल प्रतिबन्धित लागुऔषधका एम्पुलहरु झोलाभित्र राखेर भारतीय टेम्पु चढी रौतहट सदरमुकाम गौरतर्फ आउन लाग्दा सीमा क्षेत्रमा एसएसबीले बढाएको निगरानीमा पक्राउ परेको बताइएको छ।

नेपालमा प्रतिबन्धित लागुऔषधसहित दाहालको झोलाबाट २ लाख ३५ हजार ७ सय ८६ नेपाली रुपैयाँ बरामद भएपछि आवश्यक कारवाहीका लागि बैरगनिया थानालाई जिम्मा लगाएको एसएसबीको कमाण्डर श्रीकुमारले नागरिक न्यूजलाई जानकारी दिएका छन्।

बैरगनिया थानाका इन्चार्ज एवं सवइन्सपेक्टर गौरीशंकर वैठाले लागुऔषध, नेपाली नोट, एउटा मोबाइलसहित दाहाल पक्राउ परेको हुँदा आवश्यक कारवाहीको लागि  जिल्ला सदरमुकाम सीतामढीको डुमरास्थित जेल चलान गरिएको बताएका छन्।

प्रकाशित: १ असार २०७६ १५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App