coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिडियोले धम्कि दिएको भन्दै सबै चिकित्सक बिदामा

डडेल्धुरा– सुरक्षा दिनुको साटो प्रमुख जिल्ला अधिकारी (सिडियो)ले उल्टै धम्कि दिएको भन्दै डडेल्धुरा अस्पतालका चिकित्सक जति सबै बिदामा बसेका छन्। जिल्ला सुरक्षा निकाय प्रमुखले नै चिकित्सकलाई डर देखाउँदै धम्कि दिएपछि उपचार गर्न छोडेर अस्पतालका सबै चिकित्सक बिदामा बसेका हुन्।

शुक्रबार बेलुकी सुत्केरी भएको १५ दिनपछि स्थानीय गीता ताम्राकारको मृत्यु भएपछि अस्पतालमा उत्पन्न विवादमा सुरक्षा निकाय दुरुस्त बन्नु पर्नेमा चिकित्सकलाई दोषि ठहर गरी प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले त्रासको वातावरण पैदा गरेकाले अस्पतालमा उपचार गर्न नसकिने भन्दै अस्पतालका ११ जना चिकित्सकहरु सबै विदामा बसेको अस्पतालले जनाएको छ।

शुक्रबारदेखि अस्पतालमा उत्पन्न तनावका कारण अस्पतालले कुनै पनि सेवा प्रदान गर्न नसक्दा सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्ला विरामी निकै मर्कामा परेका छन्। दक्ष जनशक्ति नहुँदा उपचारमा हैरानी खेप्नु परेका यस क्षेत्रका स्थानीय अहिले आन्दोलनको चपटामा परेका छन्। अमरगढी ६ छचोडा गाउँकी २५ बर्षीय ताम्राकारको अप्रेसन गरी बच्चा जन्मेको १५ दिनपछि शुक्रबार मृत्यु भएको थियो। मृत्युपछि उनका आफन्तले चिकित्सकलाई हत्यारा भएको आरोप लगाउँदै अस्पताल क्षेत्रमा तोडफोड गर्नुका साथै चिकित्सकलाई ज्यानमार्ने धम्किसमेत दिएका थिए।

शनिबारसमेत मृतकका आफन्तले हत्यारालाई कानुनी कार्वाही गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुका साथै सदरमुकाम तुफानडाडाँमा करिब ४ घण्टा सडक अवरुद्ध पारेका थिए।

यस घटनाका बिषयमा प्रमुख जिल्ला अधिकारी पौडेलले चिकित्सकको लापर्वाहीबाट सुत्केरीको मृत्यु भएको र जिम्मेवार बन्न भन्दै धम्किपूर्ण निर्देशन दिएकाले आफुहरुले त्रासपुर्ण वातावरणमा बिना सुरक्षा उपचार सेवा गर्न नसक्ने भन्दै विदामा बसेको अस्पतालका मेसुलाई बुझाईएको पत्रमा उल्लेख छ।

चिकित्सकले गरेका हरप्रयास विफल भएपछि सुत्केरीको मृत्यु भएको जनाउँदै अस्पतालले उनको मृत्युपछि उत्पन्न तनावकाबिच शान्ति सुरक्षामा सतर्कता अपनाउनु भन्दा प्रमुख जिल्ला अधिकारीले चिकित्सकलाई दोष लगाउने र विरोधमा उत्रिएको उनीहरुको आरोप छ। मृतकका आफन्त र स्वास्थ्य क्षेत्रको चरम लापर्वाहीका कारण सुत्केरीको मृत्यु भएको भन्ने विवाद उत्सर्गमा पु¥याउने गरी घोचिएकाले आफुहरु उपचारमा संलग्न नहुने चिकित्सकहरुको भनाई छ।

प्रशासन, जनप्रतिनिधिहरु, चिकित्सक र मृतकका आफन्तकाबिच घटनाको सत्यतथ्य छननविन गरी दोषि माथि कानुनी कार्वाही गर्ने सहमति गरिए पनि प्रमुख जिल्ला अधिकारीले चिकित्सकलाई नै दोषि ठहरिने खालको बोली व्यवहार चिकित्सकसँग गरेकाले स्थानीयसँगै प्रशासनले पनि दोषी ठहरिने अवस्थाको सिर्जना भएका बेला आफुहरु असुरक्षित महसुस गरी उपचारमा खटिन नसकेको चिकित्सकहरुको भनाई छ।

डडेल्धुरा अस्पतालमा कार्यरथ चिकित्सकले मेसुलाई बुझाएको बिदा पत्र ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App