coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड (पूर्णपाठ)

रुपन्देही– प्रदेश ५ सरकारले पूर्वाधार विकास र कृषिलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७६/७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। आर्थिक मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार प्रदेशसभा समक्ष अघिल्लो वर्ष भन्दा ८ अर्ब २७ करोड ६५ लाख बढिको बजेट सार्वजनिक गरेका हुन।

कुल बजेटमध्ये पूँजीगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख अर्थात ५१.०१ प्रतिशत बजेट छुट्याइएको छ । त्यसमध्ये १३ अर्ब ४५ करोड ५ लाख अर्थात ३६.९४ प्रतिशत बजेट भने चालूतर्फ खर्च हुने छ।

प्रदेश सरकारले स्थानीय तहलाई सशर्त अनुदान तर्फ १ अर्ब ३८ करोड ९८ लाख, वित्तिय समानीकरण अनुदानतर्फ ५० करोड, समपूरक अनुदान तर्फ १ अर्ब ५० करोड र विशेष अनुदान तर्फ १ अर्ब गरि कुल ४ अर्ब ३८ करोड ९ लाख विनियोजन गरेको छ। सरकारले बजेटको आकार बढाएपनि अधिक श्रोत भने संघीय सरकारसँग निर्भर छ।

आन्तरीक राजस्वबाट ४ अर्ब ५९ करोड ४० लाख, राजस्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, रोयल्टी बाँडफाँटबाट ३० करोड खर्चको व्यवस्था हुने सरकारले अनुमान गरेको छ। बाँकी रकम भने वित्तिय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड १ लाख, सशर्त अनुदानबाट ७ अर्ब ७७ करोड ४ लाख, समपूरक अनुदानबाट ८० करोड र विशेष अनुदानबाट ५० करोड अनुमान गरिएको छ।

गत बर्ष खर्च हुन नसकेको बचत रकमबाट ५ अर्ब रकमलाई समेत श्रोत व्यवस्थापनका रुपमा मुख्यमन्त्री समावेश गरेका छन। अघिल्लो बर्षकै बजेट खर्च हुन नसकिरहेको बेला बजेटको आकार भने बढेर आएको छ।

समृद्ध प्रदेश खुशी जनता भन्ने नरालाई पूरा गर्नका लागि सरकारले कृषि, पर्यटन, उद्योग, मानव संशाधन र पूर्वाधारको विकास प्रदेश अर्थतन्त्रको सम्बाहकका रुपमा लिएको छ।

प्रकाशित: १ असार २०७६ १३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App